September 27, 2021

निर्माणाधिन अपार्टमेण्टमा काम गर्ने व्यक्ति मृत फेला

जेष्ठ १२ पोखरा: पोखरामा निर्माणाधिन एक अपार्टमेण्टमा काम गर्ने व्यक्ति मृत फेला परेका छन् ।

पोखरा महानगरपालिका-१८ सेदी स्थित निर्माणाधिन अन्नपूर्ण केबलकार नजिकै बन्दै गरेको अपार्टमेण्टमा काम गर्ने कञ्चनपुर पुनर्बास नगरपालिका -२ का ४५ वर्षीय पदम लामा सोमबार बिहान मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।


बिहान करिव १०: ५० बजेको समयमा काम गर्ने क्रममा अचानक ढलेका उनको मृत्यु भएको बताइएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*