
जेष्ठ १२ अर्घाखाँची: प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जनाएको छ ।
प्रदेश ५ मा आइतबारसम्म आरटी पीसीआर परीक्षणका लागि ८ हजार ९ सय ६० जनाको स्वाब संकलन गरिएको, ७ हजार १ सय ४१ जनाको परीक्षण भएको, दुई सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको र एक हजार ८ सय १९ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश जनस्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।
प्रदेश ५ मा २१ हजार ३ सय ६६ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । तीमध्ये १६ हजार २ सय १६ जनाको आरडीटी टेस्ट गरिएको र ६ सय ६७ जनामा पोजेटिभ देखिएको छ ।
Leave a Reply