June 16, 2021

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ ८ पोखरा: नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा आज (बिहीबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज संक्रमण पुष्टि भएका धेरैजसो झापा जिल्लाका छन्। झापाका १५ जनामा संक्रमण पुष्टि भएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र विराटनगरको कोशी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

आज थपिएका संक्रमितमा झापाकाे कचनाकवल गाउँपालिकाका १५ जना छन्। त्यसैगरी धनकुटा र सुनसरीका एक/एक जना छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*