October 24, 2021

२५ जनामा कोरोना, संक्रमितको संख्या ४२७

जेष्ठ ७ पोखरा: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना संक्रमण देखिएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन

योसँगै कुल संक्रमितको संख्या ४२७ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए। 

संक्रमितमध्ये ७ महिला र १८ जना पुरुष रहेको प्रवक्त देवकोटाले जानकारी दिए।

बाँकेको नरैनापुर ५ का १७, २०, २८, ३० र ४० वर्षका र २७ वर्षीय पुरुष खजुरा ५ का रहेका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*