
बैशाख २९ पोखरा : कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको छ।
यीसँगै आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यी सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु रुपन्देही समरीमाइ गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन्। यस्तै राजापुर बर्दियाकी ११ वर्षीया बालिकालाई पनि संक्रमण पुष्टि भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।
Leave a Reply