September 23, 2021

एक पुरुषमा कोरोना पुष्टि संक्रमितको संख्या १२१

बैशाख २९ पोखरा : सप्तरी डाक्नेश्वरीको १८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिान, धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘उहाँ सप्तरी, डाक्नेश्वरी नगरपालिका वडा नं। ३ निवासी १८ वर्षीय पुरुष हुनुहुन्छ। हालसम्म प्राप्त विवरणअनुसार निजको स्वास्थ्य अवस्था सामान्य छ र उहाँ स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले बताएका छन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*