October 24, 2021

लकडाउन : ग्रिन जोन, एलो जोन र रेड जोन मा विभाजन गर्ने तयारी

बैशाख २१ काठमाडौं : लकडाउनलाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ रणनीति तयार पारेको छ ।

कोरोना सम्भावित महामारी कम गर्न ४० दिनदेखि जारी लकडाउनले सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको र मुलुकको आर्थिक अवस्थासमेत कमजोर हुँदै गएको विश्लेषण गर्दै सरकारले सो कार्ययोजना तयार पारेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सो रणनीतिमा उल्लिखित कार्ययोजनामा सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनलाई खुकुलो बनाइने तयारी गरिएको हो ।

जसअनुसार अब स्वास्थ्यसम्बन्धी तथ्यांक र वैज्ञानिक विश्लेषणका आधारमा देशका विभिन्न भागलाई हरियो क्षेत्र (ग्रिन जोन), पहेँलो क्षेत्र (एलो जोन) र रातो क्षेत्र (रेड जोन) मा विभाजन गरिनेछ ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला राखिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

यसैगरी, संक्रमण नियन्त्रण उन्मुख रहेको जिल्ला र क्षेत्रलाई एलो जोन र सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला गरिने र संक्रमण नियन्त्रणबाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ ।

लकडाउन खुकुलो पारिए पनि अर्को सूचना नभएसम्म भीडभाड हुने, सामूहिक भेला, बैठक, मनोरञ्जनात्मक, धार्मिक तथा सामाजिकस्थलहरु, शैक्षिक संस्था, स्पा, सिनेमा हललगायतका क्षेत्र अर्को सूचना नभएसम्म बन्द गर्नुपर्ने सुझाव तयार पारिएको छ । धार्मिक र रीतिरिवाजसम्बन्धी कार्यहरु सकभर नगर्ने वा केही समयलाई पर सार्ने, गर्नैपर्ने अवस्थामा भीडभाड नहुनेगरी तथा निश्चित मापदण्ड पालना गर्ने व्यवस्था मिलाउनुपर्ने भनिएको छ ।

स्थानीय तह र प्रदेश सरकारले जोखिमयुक्त क्षेत्रको पहिचान गरी कार्यविधिलाई पूर्णपमा कार्यान्वयन र अनुगमन गरिनेछ।’ मन्त्रालयको सुझाव कोभिड(१९ निर्देशक समिति हुँदै उपप्रधानमन्त्री ईश्वरप पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकमा पुगेपछि अन्तिम निर्णय हुनेछ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*