December 4, 2021

वडाकै सिफारिसको भरमा वीरगञ्जसम्म ६० जनाको यात्रा : वीरगञ्जबाट फेरी पोखरा फिर्ता

बैशाख १५ पोखरा : वडाकै सिफारिसको भरमा वीरगञ्ज सम्म यात्रा गरेका ६० जनालाई वीरगञ्जबाट पोखरामै फिर्ता गरएिको छ । लकडाउनले बजार ठप्प, बाटो सुनसान छ यता पोखराको पृथ्वीचोकबाट २ वटा बस पूर्वतर्फ लागे बसमा ६० जना यात्रु थिए ।

पोखरा वडा नम्बर ८ का वडाध्यक्ष रुद्रप्रसाद बरालले वडाबाट सवारी पास अनुमतिको सिफारिस दिएको भरमा ६० जना व्यक्ति विरगंज पुगेका थिए । सवारी पास नभइ त्यही सिफारिसकै भरमा उनीहरु वीरगञ्ज पुगेको खुलेको छ । यो वैशाख ९ गतेको कुरा हो ! ११ गते वीरगञ्जबाट पोखरा फर्काएर उनीहरूलाई र्‍यापिड टेस्ट गरी क्वारेन्टाइनमा राखिएको खवर आज अनलाईनखवरमा विकास रोकामगरले लेखेका छन् ।

उता कास्कीबाट पर्साको वीरगञ्जसम्म यात्रा गर्दा बाटोमा पर्ने विभिन्न जिल्लाका प्रहरी प्रशासनले समेत उनीहरुलाई किन रोकेनन् रहस्यको विषय बनेको छ । ढाँटेर भारतको साइत, गरेका वीरगञ्जबाट पोखरामै फिर्ता भएका छन् ।

लकडाउनमा सवारी पास प्रदान गर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । पालिकाले सवारी पासका लागि सहजीकरण गर्न सक्छ तर सवारी अनुमति दिने अधिकार जिल्ला प्रशासन कार्यालयलाई मात्र छ ।

यसमा प्रशासनको समेत कमजोरी देखिएको छ । बिनाअनुमति लकडाउनमा हिँड्नेलाई प्रहरीले रोक्न र पास खोज्छ सक्छ

तर, जिल्ला प्रशासन कार्यालय कास्कीसँग यो घटनाको मात्रै होइन, लडकडाउन अवधिभर कास्कीबाट कति बाहिरिए भन्ने तथ्यांकसमेत छैन

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल भने प्रहरी र महानगरलाईसमेत झुक्याएर उनीहरु वीरगञ्ज पुगेको बताउँछन् ।

‘ग्रिन जोन’ भनेर गण्डकी सरकारले दाबी गरेको प्रदेशबाटै कति भित्रिए र कति जना बाहिरिए भन्ने यकिन तथ्यांक नहुनु दुःखद हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*