December 4, 2021

कोरोनालाई पहिलो चिठी

रोहीत वस्नेत

बैशाख १४ पोखरा :
डिएर कोरोना,
तिमीलाई कसरी संबोधन गरु ? के भनेर संवोधन गरु ? म तिमीलाई देखेर बढो अचम्मीत भएको छु । दुइ चार महिना पहिला चीनको वुहानमा जन्मिएकी तिमी आज विश्व भ्रमणमामा निस्किएएर विश्व माझ चर्चित भएकी छौ । तिमी जस्तै चर्चित बन्ने रहर त कसलाई पो हुदैनर ? थियो मलाई पनि । तर के गर्नु ।

विश्वमा सानो सोच लिएर मै खाऊँ मै लाऊँ भन्नेहरु ठुला ठुला हतियार लिएर एकै गाँसमा विश्व निल्न चाहनेहरु देखि ठुला ठुला महल र झुप्रो बस्ती सम्मका बाल बालिका, देखि बृद्धा सम्म सबै माझ छोटो समयमा नै यति धेरै परिचित भई सकेकी छौ । म भने यो धर्तीमा आएको यति बर्ष सम्म पनि आफ्नै परिवार र दुई चार साथी संगी बाहेक कोही संग परिचित हुन सकेको छैन । नत दुई चार देश विना भिषा घुम्न सक्छु रु नत भिषा दिन्छन् मलाई ?

तर तिमी भने बिना पासपोर्ट र विना भिषा सयौं देश भ्रमण गरि सक्यौ । मलाई विश्वास छ कि तिमी मानव जगतमा केही दिनको पाहुना हो । तर मानव भन्ने प्राणीको इतिहासमा अमिट छाप छाडेर जाने भयौ होईन ?

डियर कोरोना श्रमजीवी, पौरखी र उपकारी, कपटी, लोभी, पापी, अल्छी, उल्का र अयोग्य कति जल्छन्, कति गल्छन् तिम्रो अस्तित्व कति रहेछ त रु यदि तिमी लाछी भए तिमीलाई कसले गन्ने थियो र रु जब तिम्रा विरोधमा भुसको धुवाँ देखियो या लिखितम र बखितमको भाइरल हुन थाल्यो त्यो नै तिम्रो अस्तित्व निर्माण भएको सग्लो प्रमाण हो ।

अथवा भनौं तिम्रा पछाडि शत्रुको थुप्रो लाग्न थाल्यो भने बुझ्नु “तिम्रो योगदान समाज, राष्ट्र र त्योभन्दा पनि परसम्म पुगिसकेको रहेछ। तिमी कति गतिलो छौ भन्नेको प्रमाण तिम्रा शत्रुको जनसङ्ख्यामा भर पर्छ। त्यसैले मलाई तिमीसँग गौरवी अनुभूत भैरहन्छ । किनभने तिमीमा सशक्त खुबी छ ।

तिमीसँगको सहकार्य,
समय वितेको पत्तै नहुने रैछ !! टिभी खोल्छु तिम्रै कुरा, मोवाइल खोल्छु तिम्रै कुरा । साथीलाई सोध्छु तिम्रै कुरा मैले सोचेको पनि थिएन ! तिमीसँगको सहकार्य अनि तिम्रो साथ यति छिटै वित्छ भनेर। साँच्चि तिमीसँग अप्रत्यक्ष रुपमा साथमा साथ मिलाएको त आज ३४ दिन भैसक्यो तिमीसँग अप्रत्यक्ष रुपमा जोडिएको यो समय मेरा लागि उपलब्धि मुलक नै भयो हुन त मैले कति पटक आफ्ना ईच्छा चाहाना लुकाएर तिम्रो अगाडि हाँस्ने प्रयास गरेको छु ।

डिएर कोरोना,
तिमी त कस्ती छौ है, लैनो भैसी बेचेर MRP पासपोर्ट बनायो छोराले केहि गर्छु भन्दै,आमा बाबाको दुख देख्न नसकेर साहुसंग ऋर्ण खोजि अरब छिर्यो छोरा केहि कमाउला साहुको ऋर्ण तिरौला आमा बाबालाइ सुख दिउला,चुहेको खरको छानोलाइ जस्ता पाता लगाउला,श्रीमतीलाई गलामा केहि झुन्ड़ाई दिउला,छोरा छोरीलाई राम्रो स्कुलमा भर्ना गरौला सोच्नेहरुलाई समेत लसखापै पारीछौं ।
कहिल्यै अरुको अस्तित्व नस्वीकार्नेहरु आज आफ्नै अस्तित्व खोजिरहेछन सधैँ अरुलाई बन्धक बनाउनेहरु आज आफ्नै घरभित्र कैद भएका छन आफैलाई विशाल र शक्तिशाली सम्झनेहरु आज तिमी भन्दा पनि शूक्ष्म भएका छन तिम्रो लीला देखेर सन्त्रस्त बनेका छन ।

तिमीले घर भित्र बसी बसी काम नगरी खान त सिकायौ । तर काम नगरी खाना कसरी उत्पादन गर्न सकिन्छ ? मलाई थाहा छ यस्ता प्रश्नको उत्तर तिमी संग छैन । आखिर मानव बस्ती उजाडेर तिमीले के पायौ ? ल भन त ।

डियर कोरोना,
मेरो देशको राजधानी देखी गाउँ गाउँ सम्म, नेता नामको हुलिया बोकेर देश बनाउछु भन्दै देश खानेहरु, मेरो देशको छातिमा बुट बजार्न चाहने वैरिहरु म उनीहरुलाई कत्ती मन पराउदिनँ
म त तिमीलाई मन पराउछु, तिमीलाई माया गर्छु ।
डियर कोरोना तिमी त कहिल्यै कसैको प्रलोभनमा नपर्नु है दुष्टलाई नछोड्नु निर्दोशलाई नछुनु सायद तिमीलाई देखी सहदैनन् तर कहिल्यै एक्लो नसोच्नु मैले तिमीलाई मुटुमा राखेको छु
बिर्सिएर पनि मेरो फोक्सोमा नजानु ल ।

डियर कोरोना नत तिम्रो नकिक आउन सके, नत माया मार्न नै सके मलाई माफ गर, मैले तिम्रो माया मार्नै सकिनँ । तिमिलाइ टाढाबाट माया गर्ने तिम्रो हुन महिल्यै नसक्ने

उही तिम्रो
रोहीत वस्नेत
पोखरा ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*