December 9, 2021

बागलुङकी १९ वर्षीया युवती डिस्चार्ज

बैशाख १२ बाग्लङ्ग: कोरोना परीक्षण गर्दा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि बागलुङकी १९ वर्षीया युवती अंशु सापकोटा अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उनलाई राती करिब १० बजे डिस्चार्ज गरिएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र पोखरेलले जानकारी दिए ।

बिहिबार र शुक्रबार गरिएको दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनी गत चैत ४ मा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् ।

नेपाल आएको ११ औं दिनमा अंशुमा कोरोना पुष्टि भएको थियो । अंशुसँगै एउटै जहाजमा आाएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*