August 4, 2021

२ सय ५७ जना यात्रु बोकेर अस्ट्रेलिया उड्यो नेपाली जहाज

चैत १९ काठमाण्डौ :

नेपाल एअरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर ब्रिस्बेनको लागि उडेको छ ।

नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेको हो । जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्डका गरी २ सय ५७ जना यात्रु र २४ जनाको सञ्चालन टोली रहेको छ ।

जहाज मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बेन जानेछ र बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कनेछ । यसअघि अप्रिल २ तारिखमा मात्रै ब्रिस्बेन जाने तालिका रहेकोमा अष्ट्रेलियाली दूतावासको आग्रहमा उडान १ तारिखलाई सारिएको नेपाल वायुसेवा निगमले जनाएको छ ।


कोरोनाको संकटको बेला नेपाली झण्डा फहराउँदै विश्वका विभिन्न ठाउँमा पुगेर यात्रुलाई सेवा दिन पाउँदा नेपाल एअरलाइन्सको गौरव झनै बढेको निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले
‘हामीलाई अझै धेरै आग्रह आइरहेको छ्, जतिसक्यो धेरे देशका नागरिकलाई घर पुर्याउन चाहान्छौं ’, जुहार्चनले भन्नुभयो ।बताउनुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*