December 4, 2021

पर्यटन क्षेत्र सन्त्रास : ट्रान्सपार्टीमा २५ जना पक्राउ

फोटो फाईल

चैत्र ५ पोखरा :

कोरोना भाइरसको संक्रमणले विश्वव्यापी प्रभाव पार्न थालेपछि पर्यटन क्षेत्र ठप्प रहेका बेला पर्यटकीय राजधानी पोखरामा ट्रान्सपार्टी गरेको आरोपमा प्रहरीले २५ जनालाई पक्राउ गरेको
नेपाल खवरमा समाचार छ । नेपाल खवरका पत्रकार बासु मिश्र अगाडी लेख्छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पोखराको लकेसाइडमा पर्ने पामे क्षेत्रबाट मंगलबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
‘कार्यक्रम जंगलमा भएको हो। २५ जना नियन्त्रणमा लिएका छौं,’ एसपी कार्कीले बुधबार बिहान नेपालखबरसँग भने, ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं।

जिल्ला प्रहरी कार्यालयको कमान्डमा गएको प्रहरी टोलीले उनीहरूलाई राति जंगलबाट नियन्त्रणमा लिएर २५ जनाजतिलाई जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउँदै गरेको एसपी कार्कीले जानकारी दिए।
‘पामे क्षेत्रभन्दा माथि जंगलभित्र राति मान्छे भेला भएका छन्, पार्टीजस्तो भइरहेको छ भन्ने सूचना पाइयो,’ एसपी कार्कीले भने, ‘त्यो ठाउँ गाडी नजाने, एकरडेढ घण्टा हिँडेर जानुपर्ने रहेछ।


ट्रान्सपार्टी नै हो नि ? प्रश्नमा एसपी कार्कीले भने राति जंगलमा, त्यस्तै हो । मान्छेहरू हाई लेबलकै होलान् हैनर ? एसपी कार्कीले भने, ‘लेबलसेबल त थाहा भएन, मान्छे ल्याइपुर्याएको छैन, जुन लेबलको भए पनि कार्बाही उही हो ।

ट्रान्सपार्टी लागुऔषध तथा यौन क्रियाकलाप सहित उच्च वर्गका स्वदेशी तथा विदेशी व्यक्तिले गर्ने गर्छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*