October 25, 2021

सहश्रधाम आश्रम पोखरामा हिकमत वहादुर कुवँर

चैत्र २ पोखरा :

समाचारदाता : सहश्रधाम आश्रम पोखराको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
प्रथम अबिधेशनले हिकमत वहादुर कुवँरको अध्यक्षतामा २१ सदस्य जम्बो कार्यसममिति चयन गरेको छ ।

उपाध्यक्षमा मिना भट्टराई, सचिवमा पर्शुराम शर्मा पहारी, सह—सचिवमा रेणु लामीछानी कोषाध्यक्षमा प्रेमराज पहारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा तुलसी दाहाल, जुना अधिकारी, लोकराज ढकाल, गुरुदत्त पहारी, दुर्गा प्रसाद तिमिल्सीना, अनिता परियार, कलम प्रसाद पहारी, प्रकाश पहारी, विष्णु प्रसाद पहारी, श्रीराम अधिकारी, विष्णु भण्डारी, माया देवी अधिकारी, लक्ष्मी सुवेदी, कोपिला सापकोटा, मिना ढकाल, महेश्वर पहारी चयन भएका छन् ।

हिकमत वहादुर कुवँरको अध्यक्षमा भएको उक्त कार्यक्रमा प्रमुख अतिथि ८१ बर्षिय जेष्ठ नागरीक होम नाथ पहारीले व्यानर वाचन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बषौं देखि तालवाराही मन्दिर संरक्षण समति अन्तरगत रहेको तालवाराही मन्दिर र मन्दिरकै नाममा नेपाल सरकारले छुट्याएको गुठी जग्गाको विषयमा पछील्लो समयमा नेपाल सरकारले मन्दिर संरक्षण समितिलाइ रीनीउ नगरी तालवाराही मन्दिर गुठी सञ्चालन समित लाइ मान्यता दिए पछी गुठी सञ्चालन समितिने गुठी अन्तरगत रहेका जग्गाहरु खोज्ने काम गरयो यसरी खोज्दै जाँदा पोखरा १८ सिम्पानीमा रहेको ७२ रोपनी जग्गालाई कसैले अतिक्रमण नहोस भनेर गुठी संथानमा जानकारी गराए पछी उक्त जग्गालाई केही गुठीयारहरुले भोग चलन गरेको बाहेका अरु जग्गा तारवार गराई संरक्षण गर्ने निर्देशनअनुसार उपयुक्त ठाउँमा जेष्ठ नागरीकहरुको विश्राम तथा आश्रय स्थल (बृद्धाआश्रम) वनाउनको लागी गुरु योजना तयार पारीएको संस्थाका सदस्य तुलसी दाहालले जानकारी दिए ।
उक्त (बृद्धाआश्रम) वनाउनका लागी आगामी मंसिर पहिलो साताबाट महायज्ञ संचालन गरी सुविधा सम्पन्न बृद्धाआश्रम निमार्णमा आवश्यक व्यवस्थापन मिलाउने विषयमा छलफल भएको उनले भने ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष मिना भट्टराई, जुना अधिकारी, श्रीराम अधिकारीले बोलेका थिए भने सचिव प्रर्शुराम पहारी र कोषाध्यक्ष प्रेमराज पहारीले प्रतिबेदन पेश गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*