September 23, 2021

अन्नपूर्ण आधार शिविर पदमार्ग संचालनमा

फागुन ८ पोखरा

हिमपहिरोले बन्द भएको अन्नपूर्ण सेन्चुरी पदमार्ग सञ्चालनमा आएको छ । अन्नपूर्ण आधार शिविरमा पर्ने सम्पूर्ण होटल संचालन भएका छन ।

माघ ३ मा हिंकु केभ र देउरालीको बीचमा हिमपहिरो आएपछि आधारशिविर पदमार्ग पूर्णरुपमा बन्द रहेको थियो ।

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परी हराएका चारजना विदेशी र तीनजना नेपाली अझै बेपत्ता छन् । बेपत्ता रहेका फेला नपरे पनि उनीहरूको केही सामान भने फेला परेको थियो ।

हिमपहिरोले बन्द भएको र हिउँ घटिरहेकोले पदमार्ग सुरक्षित रहेको पर्यटन व्यवसायी राम गुरुङले पर्यटन समाचारलाई बताए ।

छोमरोङ चेकपोष्टका अनुसार हिमपातपछि खुलेको पदमार्गमा अहिलेसम्म ७१ जना विदेशी पाहुना गएका छन् । ती मध्ये ५६ जना फर्किसकेका छन् । पर्यटकलाई होटलमा सवै सुविधा लगायत हिँड्न मिल्ने बाटोको हिउँ पन्छाएर बाटो खुलाएको उनले बताए ।

पदमार्गको छोम्रोङ बाट शुरु भएर एमबीसी र एबीसीमा गरी ६० होटल छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*