December 4, 2021

वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगका विमानस्थलमा उडान प्रभावित

पुष १८ पोखरा :

बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको छ ।
पोखरा – काठमाडौं उडान अहिले रोकिएको छ । सुर्खेत र दाङमा समेत काठमाडौंबाट शुक्रबार जहाज जान सकेन । नेपालगञ्जबाट दुर्गम भेगमा हुने मुगुमा भारी वर्षातका कारण उडान हुन सकेको छैन । डोल्पा, जुम्ला, हुम्लाजस्ता क्षेत्रमा हिमपातले सबै उडान अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालय नेपालगञ्जले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*