September 23, 2021

नेपाल भ्रमण बर्ष २०२० को पुर्व सन्ध्यामा पोखरामा भारतीय पर्यटक गाडी माथी अवरोध

रोहीत बस्नेत

पौष १० पोखरा: नेपाल भ्रमण वर्ष २०२० घोषणा हुन जम्मा ४ दिन बाँकी हुँदा पोखरा पर्यटन परिषद्ले दिएको निवेदनलाई मध्येनजर गर्दै गण्डकी प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय कास्कीले ट्राफिक व्यवस्थापनको कारण देखाउँदै पोखरा आउने भारतीय नम्बर प्लेटका सार्वजनिक बसमाथि रोक लगाएको छ ।

पोखरा आउने विदेशी पर्यटकमध्ये अधिकांश पर्यटक भारतीय हुन्छन् । सीमाना सहजताका कारण आफ्नै देशको गाडीमा नेपाल भ्रमर्ण गर्ने भारतीय गाडीमाथि रोक लगाउँदा पर्यटक आगमनमा कमी आउने र यसले पोखरेली पर्यटन व्यवसायमा ठुलो असर पार्ने देखिन्छ ।

पोखरामा आउने अधिकांस पर्यटक भारतीय नै हुन्छन् भ्रमण वर्ष सफल पार्न सबैभन्दा बढी भारतीय पर्यटक को हात रहन्छ भारतीय गाडी प्रवेशमा रोक लगाउँदा पोखरेली पर्यटन माथी गम्भीर पश्न खडा भएको छ ।

पोखराका पर्यटन व्यवसायीहरुले लाखौं खर्च गरेर पालो पालो गर्दै भारतीय पर्यटक बोलाउन बि.टु.बि. कार्यक्रम गरीरहेका छन् यसरी भारतीय गाडी प्रवेशमा रोक लगाउँदा भारतीय पर्यटकको नजरमा पोखरालाई हेर्ने दुष्ट्रिकोण कस्तो होला ?

उता भारतीय पर्यटकका गाडीमाथि पोखरामा प्रतिबन्ध लगाइएको भन्दै भारतीय सञ्चार माध्यमले पोखरामा नो इन्ट्री इन्डियन भन्ने समाचार दिएका छन् ।

यता नेपाल भ्रमण बर्ष २०२०को पूर्व सन्धयामा भारतीय गाडीलाई रोक लगाउनु र बेला बेलामा पोखराका पर्यटन व्यवसायीहरुको टोली बि.टु.वि कार्यक्रम तथा चलिए पोखरा कार्यक्रम गर्नु हाँसोको संज्ञा भएको देखिन्छ ।

पोखरा पर्यटन परिषद्को सूचना पाए पछी पोखराको गन्तब्य वनाएर सुनौली नाका भएर भित्रीने पर्यटकहरु कोही घरतिर फर्केका छन् भने कोही यता जाउँकी उता भन्ने अन्योलमा परेर अलपत्र परेको सुनौलीका एक पत्रकार आलोक जोशीले पर्यटन समाचारलाई बताए ।


यातायात ऐनमा यस्तो व्यवस्था छ ।

यातायात व्यवस्थापन ऐन, २०४९ को दफा २९ ले विदेशमा दर्ता भएका सवारी अनुमति नलिई चलाउन पाइँदैन । उपदफा ३० ले विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउने अनुमति मागेमा अधिकारप्राप्त अधिकारीले तोकिएको दस्तुर लिई बढीमा एक महिनासम्मका लागि त्यस्तो सवारी चलाउने अनुमति दिन सक्ने व्यवस्था गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले भने भारतीय गाडीलाई रोक नलगाइएको बताएका छन्। उनले भारतीय ठूला गाडी सबै गन्तव्यमा पुग्दा साँघुरा सडकमा समस्या भएको र पार्किङ व्यवस्थापनमा कठिनाइ भएको हुँदा व्यवस्थित गर्न मात्रै भनिएको जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*