
मंसिर २३ पोखरा :
१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली टोलीका प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् । पोखरा रंगशालाबाटै खड्काले नैतिकताको आधारमा राजीनामाको घोषणा गरेका हुन् ।
फाइनल खेलमा नेपाल भारतसँग २–० ले पराजित हुँदै रजतमा सीमित भयो । पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो । भारतका लागि दुवै गोल एनजी बालादेवीले गरेकी थिइन् ।
सागमा सन् २०१० देखि महिला फुटबल समावेश भएको हो । नेपाल लगातार तेस्रो पटक भारतसँग फाइनलमा हारेको हो ।
Leave a Reply