
मंसिर २२ पोखरा:
प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही मंसिर २२ गते दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पोखरामा जारी प्रतियोगिताको सुरक्षा व्यवस्था तथा प्रहरी परिचालनको विषयमा जानकारी लिनुका साथै छलफल एवं अन्तरक्रिया समेत गर्नुभएको छ ।

राष्ट्रको प्रतिष्ठासंग प्रत्यक्ष जोडिएको दक्षिण एसियाली खेलकुद सागको सुरक्षा व्यवस्था बारे जानकारी लिई त्रुटिरहित ढंगले प्रहरी परिचालन गर्न निर्देशन दिनुका साथै सभ्य एवं भव्य रुपले सफल पार्ने उदेश्यले प्रहरी महानिरीक्षक खनाल आईतबार पोखरा आईपुग्नु भएको हो ।
Leave a Reply