
मंसिर १६ पोखरा :
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत ट्रायथोलनको ईलाईट स्प्रिन्टमा नेपालकी सोनी गुरुङले नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी बनेकी छिन् ।

पोखरामा भएको महिला ट्रायथोलनको पौडीमा तेस्रो भएकी सोनीले साइक्लिङमा दोस्रो भएकी थिइन् । यस्तै दौडमा सोनी पहिलो भएकी थिइन् । रजत र कास्य पदक भने भारतले जितेको छ ।
पुरुषतर्फ नेपालका बसन्त थारुले कास्य पदक जितेका छन् । स्वर्ण र रजत भारतका खेलाडीले जितेका थिए ।
Leave a Reply