September 26, 2021

कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन को तयारी पुरा : निर्वाचन आयोग

मसिंर १३ पोखरा :

भोली मंसिर १४ गते हुने प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर दुई मा उपचुनाव हुँदैछ । उपचुनावको लागि अन्तिम तयारी पूरा भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको गएको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै अहिले त्यो ठाउँ प्रतिनिधिविहीन छ । अधिकारीको निधनसँगै रिक्त रहेको कास्की २ मा उपचुनाव हुन लागेको हो ।

मतदानका लागि कास्की(२ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्र तोकिएको छ । मतदाता नामावलीमा समावेश भएका मतदाताको लागि परिचयपत्र वितरणको काम पनि अन्तिम अवस्थामा पुगेको छ ।

८२ मतदान अधिकृत तथा ८२ सहायक मतदान अधिकृतसहित ४१० सरकारी कर्मचारी उपनिर्वाचनका लागि मतदान स्थलमा खटिएका छन् । भने ३२८ जना स्वयमंसेवक मतदान क्षेत्रमा खटिने छन् ।

जिल्ला निर्वाचन कार्यालय कास्कीकाअनुसार उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यो क्षेत्रमा पुरुष भन्दा महिला मतदाताको संख्या धेरै छ ।

कास्की–२ मा ३३ हजार एक सय ६ जना पुरुष र ३८ हजार ७ सय ६४ महिला र एकजना तेस्रोलिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

यो क्षेत्रमा पोखराका विभिन्न ११ ओटा वडा पर्छन । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् । उपनिर्वाचनका लागि सबैभन्दा धेरै वडा नम्बर ३३ मा पाँच वटा र कम वडा नम्बर ४ मा एउटा मात्र मतदान स्थल तोकिएको छ ।

कार्यालयको तथ्यांकअनुसार वडा नम्बर १७ को पार्दी मा.वि.मा सबैभन्दा धेरै ५ हजार २८ मतदाता छन् । यो मतदान स्थलमा अरु मतदान स्थलभन्दा धेरै मतदान केन्द्र तोकिएको छ । धेरै मतदाता भएकाले यहाँ ५ वटा केन्द्र हुने छन् । सबैभन्दा कम वडा नम्बर १६ को दिपज्योति आधारभूत विद्यालयमा ७ सय ६ जना मतदाता छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*