
असोज २५ काठमाडौ :
चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको सहयोगमा केरुङ काठमाण्डौ सुरुङ मार्ग सम्बन्धी परियोजना अघि बढ्ने संकेत गेरका छन ।
उनले नेपाल अब भूपरिबेष्ठित देशबाट भूजडित देश हुने भनेर घोषणा गर्नुभएसँगै यो परियोजना अघि बढ्ने संकेत देखिएको हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय रात्रिभोजमा सम्बोधन गर्दै चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि बताए ।
चीनले नेपाल भ्रमण वर्ष २०२०का लागि सहयोग गर्ने भएको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताएको हो ।
दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबार साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल भ्रमण वर्षमा चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताए।
सम्बोधन सुरु गर्नुभएका चिनियाँ राष्ट्रपति सीले ‘नमस्ते’ भनेर सम्बोधन सुरु गरेका थिए ।
Leave a Reply