
भाद्र १६ पोखरा :
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको आयोजना तथा नेपाल पय॔टन बोडको सहकार्यमा हरितालीका तीजको शुभ अवसर पारी पोखरा आउने पहिलो महिला पय॔टक लाई स्वागत गरेका छन् ।
पोखरामा विमानबाट आउने र पर्यटक तथा बसबाट आएका महिला पर्यटकलाई उपहार दिदै साडी र चुरा लगाइ दिए ।

पोखरामा विमानबाट आएकी पोखरा आएकी न्युजिल्याण्डकी बुनेलाई सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराई सहितको टोलीले नेपाली पोसाक र गहना रातो साडी, चुरा तथा पोते लगाइदिए । पोखरा घुम्न आएकी उनलाई साडी सहित नेपाली महिलाको भेषमा सजाएपछि उनी खुसि ब्यक्त गरिन् ।
स्वागत कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेल सहित विभिन्न संघ सस्थाका प्रतिनीधिहरुले स्वागत गरेका थिए । तीज पर्वका बारेमा विदेशीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरेको सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मीना भट्टराईले जानकारी दिइन् ।
Leave a Reply