November 28, 2021

पर्यटकीय केन्द्र लेकसाइड २४ सै घण्टा खुल्छ – आईजी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पोखरा पर्यटकीय केन्द्र लेकसाइडलाई चौबीसै घण्टा खुलाउन आवश्यक सुरक्षा व्यवस्था दिने बताएका छन् । उनले राति अबेरसम्म व्यवसाय खोलिँदा सुरक्षा दिन प्रहरी सक्षम छ, तर व्यवसायहरुले कुन व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा ख्याल गर्नु पर्ने बताए ।

उनले चर्को आवाज दिने मोटरसाइकल नियन्त्रण लिन तथा रातिको समयमा हुलहुज्जत गर्नेलाई तत्काल पक्राउ गर्न कार्वाही गर्न प्रहरीलाई निदेशन दिए । उनले व्यवसायलाई पनि पैसामात्र कमाउने मात्र नहेरी मर्यादामा रहेर व्यवसाय गर्नुपर्ने सुझाव दिए ।

प्रहरी महानिरीक्षक आईजी सर्वेन्द्र खनालले पोखराको लेकसाइडमा हुने गरेका अवाञ्छित क्रियाकलाप रोक्न गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई निर्देशन दिए । उनले प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० विनोद शर्मा घिमिरेलाई निर्देशन दिँदै भने, ‘लेकसाइडमा पूरै अप्रेसन गरिदिनोस् । ठूलो आवाज दिने मोटरसाइकल ल्याएर राखिनोस् । ठूलो जरिवाना गराउनुहोस् ।’

लेकसाइड चौबीसै घण्टा खुलाउने विषयमा विवाद उत्पन्न भएको सुनेको जानकारी दिँदै भने, ‘समस्या समाधानका लागि नागरिक समाज, होटल व्यवसायी, डिस्को मिलेर आउनुहोस् । बसौं कसरी जाने भन्ने कुरा राखौं । सहज छ । प्रहरी लाठी लिएर कतिञ्जेल बस्नुपर्ने रु’
होटल व्यवसाय, डिस्को वा अन्य व्यवसाय सबै निश्चित मापदण्डमा रहनुपर्नेमा जोड दिँदै दर्ता प्रक्रियामै ध्यान दिनुपर्ने बताए ।

उनले प्रहरीसँग सबै अधिकार नभएको अन्तिममा थिग्रिन बेलामा मात्र प्रहरीकहाँ आउने परिपाटी हुन नहुने बताए । उनले भने, ‘सबैले विजनेस पनि चलाइराख्नुपर्ने । सबैले पैसा पनि कमाउनुपर्ने रु कसरी हुन्छ समाधान रु मिलेर जाऔंन ।

आईजी खनालको निर्देशनपछि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी विनोद शर्मा घिमिरेले लेकसाइडमा शुक्रबारदेखि लेकसाइडमा रातिको समयमा प्रहरी गणबाट ५० जनाको संख्यामा थप प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले यस विषयमा अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै अदालतको आदेश नआइकिन सबै कुरा बोल्न नमिल्ने उल्लेख गरे । डीआईजी घिमिरेले आश्वस्त पार्दै भने, ‘लेकसाइडमा रातिको समयमा पनि शान्तिसुरक्षा हुनेमा ढुक्क रहनुहोस् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*