September 23, 2021

पर्यटन व्यवसायलाई अतिथि सत्कारका रुपमा परिवर्तन गर्नु पर्ने : मन्त्री नरदेवी पुन

साउन २२ पोखरा :
महिला पर्यटन व्यवसायी मञ्चको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका समाजिक विकास मन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पर्यटकलाइ एयर पोर्ट तथा बसपार्कमा हात समातेर तान्ने प्रविधिको अन्त्य गरी अतिथि सत्कारका रुपमा यसलाइ परिवर्तन गर्नु पर्ने बताउदै पर्यटक क्षेत्रमा महीलाहरुको आर्कषणले पर्यटन बर्ष सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताईन ।

पोखराको पर्यटन विकासको लागी सरकारले कुनै चासो नदेखाएको पर्यटन बर्ष २०२० लाई सफल पार्न प्रचार प्रसार गर्न कठिनाई भएको पर्यटन बर्ष २०२०का संयोजक अग्नी कडेलले बताए ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र क्षेष्ठ, वडानं.६का अध्यक्ष जगत वहादुर पहारी, मितेरी नारी समुहका अध्यक्ष मिरा पौडेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष मिना भट्टराई तथा संघका सल्लाहकार पम्फा पहारीले तथा संघकी उपाध्यक्ष पार्वती पाण्डेले पर्यटकीय क्षेत्र लेकसाईडको बारेमा आ-आफ्नो भनाई राखेका थिए ।

महीला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष जमुना पराजुलीले पर्यटकीय क्षेत्रको विकास र महीलाको व्यवसायीक पहीचानको लागी सधै सवै सँग हातेमालो गरेर अगाडी बढ्ने यस संस्थालाई एक नमुना संस्थाको रुपमा स्थापित गर्ने लक्ष रहेको बताईन ।

नेपालको पर्यटनको राजधानीका रुपमा पहिचान वनाउन सफल पोखरा एवं गण्डकी प्रदेश जहाँ सन १९५० देखि नेपालमा पहीलो पटक अन्नपूर्ण हिमालबाट पर्वतारोहण शुरु भएको थियो । प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुका प्राकृतिक शुन्दरताले सिंगारीएको सुन्दर शहर पोखरा विश्वको सवभन्दा अग्लो स्थानमा रहेको तिलीचो ताल, हिन्दुहरुको पवित्र स्थल मुक्तिनाथ विश्व प्रख्यात पदमार्गहरु लगाएत महत्वपूर्ण धार्मिक एवं सांस्कृतीक महत्वका स्थानहरुले यहाँको गरिमा अझै बढाएका छन् भौगोलीक रुपमा चिन र भारत सँग सिमाना जोडिएको यस प्रदेश सन् २०२१ मा निर्माण सम्पन्न हुन गई रहेको पोखरा क्षेत्रीय अन्तराट्रिष्य विमान स्थलले सिधैं विश्वका विभिन्न मुलुकहरु संग जोड्ने छ भने सडक संजाल मार्फत संघिय राजधानि काठमाडौं र गौतम वुद्धको जन्म स्थान लुम्बिनि संग पनि जोडिएको छ । जसले गर्दा प्रदेशमा आन्तरीक एवम् बाह्य पर्यटकको संख्या अत्याधिक वृद्धि हुने सम्भावना हामीले देखेका छौं ।

पर्यटनको विकास र विस्तार बाट नै मुलुकको संमृद्धि संग र अर्थतन्त्रको प्रमुख सम्भावनाको रुपमा रहेको पर्यटन क्षेत्रको विकास व्यवस्थापन बाट नेपालले अंगिकार गरेको समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य प्राप्तीमा महत्वपूर्ण सघाउ पुग्नेछ । यहि कुरालाई मध्य नजर गदै प्रदेश सरकारले पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारशिला मानि पहिला्े प्राथमिकतामा राखेको छ । नेपाल सरकारले (सन् २०२० लाई नेपाल भ्रमण वर्ष)को रुपमा घोषण गरि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ भने प्रदेश सरकारले सन् २०१९ लाई आन्तरीक भ्रमण पर्यटन वर्ष र सन् २०२२ लाई अन्तराट्रिष्य स्तरको गण्डकी प्रदेश भ्रमण वर्ष घोषणा पनि गरेको छ ।

सरकारले गरेका यि महत्वपूर्ण कार्यक्रम मार्फत देशका प्रमुख गन्तव्यहरुको राट्रिष्य एवम् अन्तराट्रिष्य रुपमा प्रचार प्रसार भई नेपाललाई विश्वको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने महत्वपूर्ण योगदान हुनेमा हामी विश्वस्त छौं । नेपालको पर्यटन उधोगको विकासमा महिलाहरुको उल्लेख्य योगदान रहेको छ । उपत्यकामा रहेको दृश्यावलोकनको व्याख्या गर्ने टुर गाइडको कुरा होस, हिमाली क्षेत्रमा पयपर्दशक तथा सहयोगीको भूमिका होस् , पदयात्रामा जाने पर्यटकलाई आवास तथा खानाको व्यवस्था होस्, पोखरा काठमाडौ लगायतका शहरमा लज रेष्टुरेण्ट गेष्ट हाउस, ट्राभल्र्स एजेन्सी, ट्रेकिङ्ग एजेन्सी संचालनमा होस् तारे होटलको फ्रन्ट डेक्स रिसेप्सन, हाउस किपिङ्ग कार्यको होस् वा होम स्टेमा सांस्कृतिक मनोरन्जन लगायत विविध कार्यमा महिलाहरुको उल्लेख्यनिय योगदान रहेको संस्थाकी सचिव उमा रेग्मी भण्डारीको प्रतिवेदनमा उल्लेख गरएिको छ ।

सो कार्यक्रमा महिला पर्यटन व्यवसायी विष्णु गुरुङ एकताको प्रकाशित “साहासी महिला” विमोचन पनि गरएिको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*