September 23, 2021

सडकमा प्लास्टिक टिप्नेदेखि भारी बोक्नेसम्मले प्यान नम्बर

मजदुरले दिनभरी दिनभरी कमाएको १ हजार रुपैयाँ लिन कुन बैंकमा लाइन बस्न जाओस ।

साउन १३ पोखरा :

एक व्यक्ति एक स्थायी लेखा नम्बर’ नेपालमा व्यवसाय वा रोजगारी गर्ने सबैले अनिवार्य स्थायी लेखा नम्बर ९प्यान० लिनुपर्ने भएपछि अहिले निजी क्षेत्रमा निकै तरंग छ ।

सरकारले गरेको व्यवस्थाअनुसार सडकमा प्लास्टिक टिप्नेदेखि भारी बोक्नेसम्मले प्यान नम्बर लिनुपर्ने हुन्छ । आर्थिक वर्ष २०७६ र ७७ को बजेट वक्तब्यमा सरकारले ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएको थियो ।

पेशा, व्यवसाय, रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोबार, बैंकिङ कारोबार, जारी गर्ने बील वीजक, खाता, कागजात तथा आय विवरणजस्ता कर सम्बन्धी सम्पूर्ण विवरणमा प्यान अनिवार्य गरिएको छ । यसबाट राज्यको प्रणालीमा आवद्ध भएको पहिचान पनि दिने र नागरिकलाई आफूले प्रत्यक्ष कर तिरेको अनुभूति पनि यो कार्ड लिएपछि हुन्छ ।

व्यक्ति र कम्पनीले फरक(फरक प्यान लिनुपर्छ । अहिले आफूले गर्ने कारोबार, बील बीजक, खाता, आयविवरण, बैंकिङ कागजात तथा कर सम्बन्धी सम्पूर्ण काम गर्दा प्यान अनिवार्य गरिएको छ । राजस्व दाखिला गर्ने समयमा प्यान नम्बर राखियो भने राजस्वको अभिलेख पनि पारदर्शी हुने विभागको भनाइ छ ।

के हो प्यान नम्बर ?
स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ डिजिटको हुन्छ । कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ ।

यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डार गरिएको हुन्छ ।

कसरी लिन सकिन्छ ?
व्यवसाय वा आय आर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने कानूनी प्रावधान छ । अहिले सरकारी कार्यालय, सार्वजनिक संघरसंस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका संघसंस्था एवम् उद्योग व्यवसायिक र्फमबाट कर्मचारीरकामदारको एकमुष्ट फाराम भराउन सकिने सुविधा दिइएको छ ।
अनलाइनबाट पनि दर्ता फाराम भर्न सकिन्छ । कार्यालयले स्थलगत रुपमा टोली खटाउन माग गरे विभागबाट सम्बन्धित कार्यस्थलमै कर्मचारी खटाएर प्यान नम्बर प्रदान गर्ने व्यवस्था सरकारले मिलाएको छ । व्यक्तिगत रुपमा नजिकको करदाता सेवा कार्यालय तथा आन्तरिक राजस्व कार्यालय पुगेर प्यान लिन सकिने व्यवस्था मिलाइएको छ । यसका लागि नागरिकताको फोटोकपि र फोटो आवश्यक हुन्छ । र, एउटा र्फम भर्नुपर्छ ।

विदेशीलाई पनि अनिवार्य
नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालयको सिफारिस र विदेशी भनी प्रभाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्छ । नेपालको अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । तर, कति संख्यामा छन् भन्ने खुलेको छैन । उनीहरुलाई अन्य देशका नागरिकलाई जस्तो श्रम स्वीकृति चाहिँदैन । नेपालबाट वार्षिक ३ खर्बभन्दा माथिको रेमिट्यान्स भारत भित्रिन्छ ।

सरकारले जुन नियतले प्यान कार्ड तथा सबै मजदुरको १ हजार रुपैयाँभन्दा माथिको भुक्तानी बैंक खातामार्फत गर्ने नीति लिएको छ, यो नीति निकै राम्रो हो । एउटा मजदुरले भारी बोकेर कमाएको १ हजार रुपैयाँ लिन कुन बैंकमा लाइन बस्न जाओस ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*