
साउन १ पोखरा :
पोखरा महानगरपालिका – १५ कान्तिपुर चोक निवासी २७ बर्षीय लक्ष्मी नेपालीको हत्यामा संलग्न उनकै श्रीमान सहित ४ जनालाई कास्की प्रहरीले पोखरामा सार्वजनिक गरेको छ ।
करिब एक बर्ष अघिदेखि साली अनु परियारको सम्बन्ध बढ्दै गए पछि उनकी सालीले दिदिलाई साइड लगाउनु भनेको आधारमा आफ्नै श्रीमतीको हत्याका मुख्य योजनाकार रमेश नेपाली सहित घटनामा संलग्न भएका ४ जनालाई प्रहरीले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको हो ।
भोजपुर नगरपालिका -५ बैंकरोड घर भई हाल पोखरा -९ महेन्द्रपुल बस्ने ३२ बर्षका संजय शर्मा, सर्लाही ईश्वरपुर नपा(३ तिनघरिया घर भई हाल पोखरा – ८ पृथ्वीचोक बस्ने २६ बर्षीय चित रञ्जन कुमार शाह र रमेशकी साली गोरखा गण्डकी गाँउपालिका वडा नं. ७ घ्यालचोककी १९ बर्षीया अनु परियारलाई कास्की प्रहरीले सार्वजनिक गरेको हो ।
असार १ गतेदेखि हराइ रहेकी लक्ष्मी नेपालीको खोजतलाशको क्रममा २५ दिनमा पोखरा महानगरपालिका(२२ कर्कलेको जंगलमा लक्ष्मीको कंकाल मात्र भेटिएको थियो । श्रीमानले खुट्टाको भएको एलर्जीको उपचार गर्न भनी जंगलमा जडिबुटि खोज्ने भन्दै जंगलमा लगेर आफु पिसाप फेर्छु भन्दै हराए पछि उनका अन्य साथीहरुले लक्ष्मीलाई आँखा र मुखमा पट्टि बाधेर धारिलो हतियारले रेटेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
हत्याको पूर्व आफ्ना साथीहरुसंगको राय सल्लाह अनुसार रमेशले ग ११ प ८००३ नम्बरको स्कुटर र नयाँबजारबाट ग १ च २३६३ नं। को कार भाडामा लियर गएको प्रहरीले जनाएको छ ।
केही दिनदेखि शंकाको घेरामा राखेर पटक(पटक सोधपुछ गर्दा नखुले पनि माइती पक्षबाट बढी दबाद आएसंगै प्रहरीले पुन उनलाई केही दिन अनुसन्धानमा राखे पछि घटनाको बारेमा रमेशले असार २४ गते राति खुलसा गरेको प्रहरीले जनाएको छ ।
लक्ष्मी नेपालीकी आमा पिठुमाया परियारले असार ११ गते कार्यालयमा खोजतलाश तथा कारवाही गरिपाउ भनि निवेदन दिएकी थिइन् ।
साथै रमेशले आफ्नी श्रीमती लक्ष्मीको करिब ४ महिना अघि एक करोड मुल्य बराबरको जिवन विमा युनियन लाइफ इन्स्योरेन्समा गराएको प्रहरीले जनाएको छ । साली र मोटो रकम पाउने आशाले रमेशले आफ्नी श्रीमतीलाइ हत्या गर्ने योजना एक बर्ष अघिदेखि बनाएको हुन सक्ने एसपी कार्कीले जनाए ।
Leave a Reply