June 16, 2021

कपाल काट्ने पेशामा महीलाहरु वढी आकर्षिक

रोहीत वस्नेत

असार २४ पोखरा : विहानको समय थियो गर्मीको समय भए पनि पोखराको मौसम तेस्तै करीव आधा घण्टा मोटरसाइकलमा हुईकिय पछि शरीरमा चिसो अनुभव हर हर, काँशी काँशी, हरेराम, हरेकृष्ण यस्तै विभिन्न भगवानको नाम पुकारीएको आवाजहरु कानमा ठोकीन पुग्छ ।

जहाँ बुढा, बुढीको कपाल काट्ने तथा नुहाईदिइएको दृष्य आँखा अगाडी आउँछ अहिले सम्मकै अलि फरक दृश्य यो दृष्य थियो (ढुङ्गेशाँघु) पोखरा १७ सीता पाईला स्थित रहेको पोखरा बृद्धा आश्रमको त्यहाँ बृदा बुवा आमाहरुको कपाल काट्दै गरेको पुरुष मात्र होईन महिलाले पनि सजिलै सँग कपाल काट्ने काम गरेको देखियो । यो सामाजिक विकास मन्त्रालय ब्यवसायीक तथा सिप विकास तालिम केन्द्र द्धारा संचालित निः शूल्क कपाल काट्ने तालिमका प्रशिक्षार्थी भएको र यसका प्रशिक्षक र प्रशिक्षार्थी संगै काम गरेको पाईयो ।

बुढी आमाहरुको कपाल काट्दै

यसका प्रशिक्षक मोहन पाण्डेले सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यवसायिक तथा सिप विकास तालिमद्दारा संचालित ४५ दिने निःशूल्क तालिम अन्तर्गत प्रयोगात्मक परिक्षा सहितको सेवा भएको र यहाँ १३ महिला र १० पुरुष गरि २३ जना पशिक्षार्थी रहेको जानकारी दिनु भयो । यो राज्यद्धारा संचालित पहिलो र नमुना तालिम पनि रहेको बताउनु भयो ।

यस तालिमले स्वरोजगार संगै बड्दो बेरोजगारलाई कम गरि यो देशका प्रत्येक नागरिकले पनि सिक्न मिल्ने तालिम रहेको बताउनु भयो । उहाँले अगाडी भन्नु भयो यदि देशमा नभई गण्डकी प्रदेशको मात्रै हिसाब गर्ने हो भने प्रत्येक महिनामा हावा सरि उडेको करोडौ रेमीटान्स लाई स्वदेशमै संचालीत गरि यो देशको आर्थिक पक्षमा महत्वपूर्ण सहयोग हुने बताउदैँ यस्ता तालिम हरुलाई निरन्तर संचालन गर्दै बेरोजगार युवा यूवतीलाई स्वरोजगारको अनुभूति गर्न सकिन्छ । बृदा आश्रममा ३० जना बुबा तथा १० जना आमाहरुलाई सेवा प्रदान गरएिको जानकारी गराउनु भयो ।

बुढा बुवाको कपाल काट्दै

बृद्धा आश्रममा संरक्षक क्रृषिकेश पराजुलीका छोरा वसन्त केशव पराजुलीले विगत ४ वर्ष देखि यो संस्थामा यस्तो कार्य नदेखिएको र यस्तो टिमलाई स्वागत गर्न पाउदा अत्यान्तै खुसि लागेको बताउनुभयो सम्पूर्ण पशिक्षार्थीको शिपको विकास संगै व्यावसायिक सफलताको शुभकामना दिदै सेवा मूलक काममा सधै गगाडी बड्न समेत प्रेरणा दिनु भयो ।

यो निशूल्क कपाल काट्ने तालिममा पशिक्षार्थी मध्ये १ महिलाले भन्नु भयो प्रयोगात्मक परिक्षा अन्तरगत विभिन्न सरकारी स्कुलमा झन्डै ५०० जना विद्यार्थीहरुको कपाल काटेर सेवा दिएको भन्दा पनि आजको दिनमा यो बृदा आश्रमका बृद्धा बुबा आमाको कपाल काटेर सेवा गर्न पाउदाँ अत्यान्तै खुसी महसुस भएको र यस आश्रमका संचालकबाट पनि एउटा उदारणीय भनेर सम्मान पाएकोमा उत्साहित बन्दै यस्तो कामलाई निरन्तर अगाडी बढाउने बताउनु भयो ।

सम्पूर्ण प्रशिक्षार्थीहरुले बुवा आमाको कपाल काट्दै

यसो हेर्दा यो पेशामा महीलाहरु वढी आकर्षिक रहेको र कम लगानी र कम जोखिममा व्यवसाय चलाउन सकिने देखिन्छ ।

बृद्धा आश्रम संरक्षक र कपला काट्ने प्रशिक्षक

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*