December 9, 2021

खेल पर्यटनको गन्तब्य पोखरा : राजीव पहारी

असार १४ पोखरा :

जिल्ला भलिबल संघ कास्कीको आयोजनामा प्रहरी प्रसासन पर्यटन र पत्रकारीतामा संलग्न व्यक्तिहरुको पोखरामा मैतिपूर्ण भलिबल खेल सम्पन्न भएको छ ।

जिल्लाका डीआइजी नेतृत्वको नेपाल प्रहरी नेपाली सेना र ससस्त्र प्रहरी, सिडियोको नेतृत्वमा प्रसासन, पत्रकार महासंघ अध्यक्षको नेतृत्वमा पत्रकार र पर्यटन व्यवसायी गरी चार टिमको सहभागीता रहेको थियो ।

सो मैतिपूर्ण खेलको उद्धघाटन कास्कीका सांसद तथा युवा संघ नेपालका निवर्तमान अध्यक्ष राजीव पहारीले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद पहारीले पोखरालाई अब खेल पर्यटनको गन्तब्यको रुपमा समेत बिकास गर्न लागेको भन्दै त्यसका लागी आफुले गृहकार्य गरीरहेको बताउदै खेलले पर्यटनलाई मात्र नभई मानव स्वास्थ्यलाई समेत निकै फाइदाजनक भएकोले अब पोखरा लेकसाइड खेलमा यस्ता खेल आयोजना गरीरहने बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष पर्यटन व्यवसायी लगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो कार्यक्रमको जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रहरीका प्रदेश प्रंमुख डीआइजी बिनोद शर्मा घिमिरे शशस्त्र प्रहरीका डीआइजी बाबुराम पाण्डे र प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले समेत खेलको मावन स्वास्थ्यको लागी खेल महत्वपूर्ण रहेको भन्दै यस्ता कार्यक्रम आयोजना गरेकोमा जिल्ला भलिबल संघ कास्कीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

खेलको बिजेता राखेप सदस्य राजेश गुरुङको नेतृत्वको जिल्ला भलिबल संघको टिम बिजयी भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*