August 4, 2021

असारे रोपाई महोत्सव महतगौडा स्थित विरुवाफाटमा

असार ९ पोखरा

“पोखरा सबै मौसमका लागि” भन्ने मुल नाराका साथ विगत बर्ष झै गर्दै आएको असारे रोपाई महोत्सव पोखरा पर्यटन परिषदले असार १५ गते पोखरा १७ महतगौडा स्थित विरुवाफाटको खेतमा गर्ने भएको छ ।

ऋषिराम भण्डारीको ४ रोपनी क्षेत्रफलको खेतमा महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकरी दिइयो ।

“महोत्सबमा नेपाली मौलिकता अनुसार कसरी खेत रोपिन्छ भन्ने जानकारी विदेश सहित अहिलेका युवा पुस्तालाई जानकारी दिने हेतुले पनि महोत्सवलाई निरन्तरता दिएको परिषदका अध्यक्ष चिरञ्चीवी पोखरेलले आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुलाई जानकारी दिएका दिए ।

कार्यक्रममा दर्शकहरुको मनोरञ्जनका लागि राष्ट्रिय र स्थानिय कलाकारहरुको सांगितक प्रस्तुति सहित साउने प्रतियोगिता, हलगोरु दौड प्रतियोगिता, आमा समुह विच असारे गित तथा रोपाई प्रतियोगित, हिलोमा माछा समात्ने प्रतियोगिता, महिला र पुरुषहरुको लागि हिलोमा दौड प्रतियोगिता, तेसै गरि विदेशी पर्यटक पुरुष र महिला दुबैका लागि हिलोमा दौड प्रतियोगिता, स्वदेशी र विदेशीका लागि रस्सा कसी प्रतियोगिता र पत्रकारहरुको हिले दौड प्रतियोगिता रहने छ

। प्रतियोगितमा विजयी हुने प्रतियोगिलाई नगद, ट्रफि सहित प्रमाणपत्र प्रदान गरिने छ ।
महोत्सब सफल पार्नका लागि १९ सदस्यीय मुल आयोजक समिति तथा १८ वटा उपसमितिहरु सहित लक्ष्मण भण्डारीको संयोजनकत्वमा ६ वटा समिति गठन गरिएको महोत्सब सम्पन्न गर्नेका लागि करिब १३ लाख १० हजार रुपैया खर्च लाग्ने अनुमान आयोजकले लिएका छन महोत्सबमा करिब २५ देखी ३० हजारको सहभागिता रहने विश्वास छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.

*