June 16, 2021

हिमा गृह रत्नमन्दिर खुल्ला गर्दा पर्यटकको बसाई लम्वाउन केही सहयोग पुग्ने : प्रचण्ड

असार ५ पोखरा:

कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता शुरु भएको छ छैटौँ महिला तथा सातौँ राष्ट्रिय बिच प्रतियोगिता असार ७ गतेसम्म फेवातालको किनारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपाल प्रहरी, ससत्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एकरएक टिमबाट पुरुष तथा महिला गरी २० टिमको सहभागीता रहने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टोलीले नगद ३०र३० हजार प्राप्त गर्ने छन् । त्यसै गरी दोस्रो हुने टिमले नगद २०र२० हजार तथा तेस्रो हुने टोलीले १०र१० हजार रुपैया, प्रमाणपत्र, मेडल र शिल्ड प्राप्त गर्ने छन् । त्यसै गरी उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई नगद ३ र३ हजारबाट पुरस्कृत गरिने उनले बताए । तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न करिब २३ लाख खर्च आयोजकको अनुमान छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पुर्व प्रधामन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भलिबल आफु नै प्रधानमन्त्री भएका बेला राष्ट्रिय खेल घोषणा गरेको बताए । प्रचण्डले पोखराको रत्नमन्दिर र हिमा गृह सर्वसाधरणको लागि छिट्टै खुल्ला हुने बताए । हिमा गृह रत्नमन्दिर खुल्ला गर्दा पनि पर्यटकको बसाई लम्वाउन केही सहयोग पुग्ने प्रचण्डको भनाइ थियो । प्रचण्डले फेवाताल संरक्षणको लागि प्राधिकरण बनाएर जानु पर्नेमा जोड दिए ।

गणतन्त्र घोषणापछि नारायणहिटी दरवार लगायत तत्कालीन राजा विरेन्द्र र रानी ऐश्वर्य तथा निजहरुको परिवारको सम्पत्ति नेपाल ट्रष्टको मातहतमा ल्याएर नारायणहिटी लगायतका दरबारहरु खुला गरिदासमेत यहाँका यी दुई दरवार भने लामो सयमदेखी बन्द रहदै आएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*