June 16, 2021

पोखरा सिटी टुर गाइडको अन्तरक्रिया कार्यक्रम

असार ३ पोखरा :

पोखरा सिटी टुर गाइडले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन पोखराका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संग छलफल गरेको छ । छलफल कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुले आ- आफ्ना भनाइ राखेका थिए ।

  • पर्यटन विज्ञ बासु त्रिपाठी :- पर्यकसंग सरोकार राख्ने संस्थाको रुपमा यो संस्था भएकाले यसलाई नमुना संस्थाको रुपमा अगाडि बढाउनुपर्ने । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेशले घोषण गरेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउ यस संस्थाले विशेष भूमिका खेल्ने बताए ।
  • पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल : – यस संस्थालाई जिल्लाको रुपमा मात्र नभई प्रदेशस्तमा लैजानुपर्ने बताए ।
  • नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख मणि लामिछाने :- संस्थालाई समय संग परिवर्तन गदै लगे नेपाल पर्यटन बोर्डले सधै सहकार्य गर्ने बताउए ।
  • होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन : – पोखराको पर्यटनमा यस संस्थाले विशेष भूमिका खेल्ने बताउए।
  • नाट्टा पोखराका अध्यक्ष सन्तोष पोखरेल : – पोखरामा योस्तो संस्था खोलिनु खुसिको कुरा भएको भन्दै पोखरा आउने पर्यटककलाई क्वालिटी सर्भिस दिनुपर्ने बताउए ।
  • टान पोखरा कोषध्यक्ष कृष्ण आचार्य : – संस्थाले काम सिकाका गाईडहरुलाई विदेश पलाएन बाट रोक्ने विश्वास व्यक्त गरे ।

पोखरा सिटी टुर गाइडका अध्यक्ष कृष्ण भरतीले हामी पोखरामा सबैभन्दा सानो र कान्छो संस्था भएकाले सबै अग्रज संस्थाहरुको सहयोग र सुझावको खाँचो रहेको सवै संस्थाहरुसंग हातेमालो गरेर अघि बढ्ने बताए । सचिव निर्मला सुवेदी कार्यक्रम संञ्चालन गरेकी थिइन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*