August 5, 2021

पोखरामा ‘ग्रामीण पर्यटन होमस्टे मार्ट ’

जेठ ३१ पोखरा
हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ पोखरामा ‘ग्रामीण पर्यटन होमस्टे मार्ट ’ सुरु भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सह-आयोजना माउन्ट कैलाश रिसोर्ट लेकसाइडमा दुई दिने होमस्टे सम्बन्धी जानकारी दिने लक्ष्य सहितको कार्यशाला सुरु भएको हो ।

ग्रामीण पर्यटन होमस्टे मार्टको गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री विकास लम्सालले उद्घाटन गरे ।

नेपाल भ्रमण वर्ष २०२० का साथै गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक भ्रमण वर्ष २०१९ लाई सफल बनाउन उक्त कार्यक्रममा गण्डकी प्रदेशका ३३ वटा होमस्टेका सञ्चालकहरु सहभागी भएका भिटोफका संथापक अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

स्याङजाको सिरुवारीबाट २०५७ मा सुरु भएको होमस्टे अहिले देश भर जता पनि होमस्टे गण्डकी प्रदेशमा मात्रै अहिले २ सय ७३ वटा होम स्टे छन् । कास्कीमा मात्रै ३६ वटा रहेछन् ।

ग्रामीण पर्यटन होमस्टे मार्ट कार्यक्रमा क्याप्टेन लिडरसिप ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार राससका वासुदेव पौडेल र कान्तिपुर टिभीका भुपाल गुरुङलाई प्रदान गरीयो ।

आज उद्घाटन कार्यक्रममा ताङतिङ सामुदायिक होम स्टे का पशमाया गुरुङ र पिप्लेक देउराली सामुदायिक होम स्टेका का महेश गुरुङले होम स्टे लिडरसिप अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रममा पर्यटन बोर्डका प्रमुख मणि राज लामीछानेले स्वागत गरेका थिए भने गण्डकी प्रदेशका सभासद राजीव पहारी, भिटोफका अध्यक्ष रविन्द्र राज पौडेल लगायतले होम स्टेको वारेमा प्रकास पारेका थिए । ग्रामीण पर्यटन होमस्टे मार्ट जेष्ठ ३२ गते भोली सम्म चल्ने छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*