December 4, 2021

भिटोफ गण्डकी प्रदेशले २ जना पत्रकारलाई सम्मान गर्ने

जेष्ठ ३० पोखरा

क्याप्टेन रुद्रमान गुरुङ स्मृति गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट कान्तिपुर संवाददाता भूपाल गुरुङ र राष्ट्रिय समाचार समितिका संवाददाता वासुदेव पौडेललाई प्रदान गरिने भएको छ ।

पत्रकारिताका माध्ययमबाट ग्रामिण पर्यटन प्रवर्दन टेवा पुर्याएको भन्दै गाउँ पर्यटन प्रवर्द्धन मन्च भिटोफ गण्डकी प्रदेशले प्रदान गर्ने २ जनालाई सम्मान गर्न लागेको हो ।

होमस्टे मार्टको उद्घाटन कार्यक्रममा दुबै जनालाई नगद र दोसल्लासहित पुरस्कृत गरिनेछ ।

भिटोफ गण्डकीले गाउँ पर्यटनका नायक तथा नेपालमै पहिलोपटक स्याङ्जाको सिरुवारीमा होमस्टेमार्फत ग्रामीण पर्यटनको शुरुआत गरेको सांसद रुद्रमान गुरुङको स्मृतिमा पुरस्कार स्थापना गरेको हो ।

पुरस्कारबाट यसअघि पत्रकारद्धय लालप्रसाद शर्मा र सन्तोष पोख्रेल सम्मानित भएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*