December 9, 2021

ढिला आयो तर कडा आयो “गलबन्दी”

रोहीत वस्नेत

जेष्ठ २४ पोखरा :

ढिला आयो तर कडा आयो यो बाक्यले यतिबेला नेपाली बजारमा निकै चर्चा पाएको छ । फेसबुक लगाएतका सामाजिक संजालहरुमा त केही नयाँ कुरा आउन बित्तिकै यो बाक्य कमेन्टमा आइहाल्

ढिला आयो तर कडा आयो , केटाको इज्जत राख रोचेर, क्या चिच्त बुझ्दो भनि नि मनकै राम्रो नभए त्यो जाबो धनको के काम रु लगाएतका यि संवादले गितको लोकप्रियता झन बढाएका छन् । यति मात्र होइन गाँउघरमा, शहरका चोकहरुमा मानिसहरु एक आपसमा कुरा गर्दा पनि यो बाक्य बोलिरहेको सुनिन्छ । खासमा यो बाक्यले चर्चा पाउनुको कारण भनेको यतिबेला नेपाली लोकसंगित क्षेत्रमा छुट्टै पहिचान बोकेको गित “गलबन्दी” हो ।

गायक तथा संगीतकार प्रकाश सपुतले पछिल्लो समय निकालेको गीत ‘गलबन्दी’ ले दशर्कको मन जितेको छ । यो गीतलाई यति रुचाइएको छ की सार्वजनिक भएको छोटो दिनमै युटुव ट्रेडिङमा परेको छ । साथै यो गीतले नयाँ रेकर्ड बनाएको छ । प्रकाश र शान्तिश्री परियारको स्वर रहेको यो गीत युटुवमा छोटो समयमा सबैभन्दा धेरै भ्युज पाउने गीत बन्न सफल भएको छ । गलबन्दीले युटुवमा अपलोड भएको ८ दिनमा ५० लाख भन्दा बढी भ्युज पाएको छ । प्रकाश सपुतको गलबन्दी नेपाली साँगीतिक क्षेत्रमा छोटो समयमा सर्वा्धिक भ्युज पाउने गीत बन्न सफल भएको छ ।

नेपालको इतिहासमा बाजी मार्ने गायक, नेपाली सपूत प्रकाश सपूत’ शान्तिश्री परियारको अत्यन्तै मौलिकताले भरिएको गितको भिडियोमा प्रकाश र अञ्जली अधिकारीले बिशेष अभिनय गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*