December 9, 2021

पोखरामा एक विदेशी पर्यटकको मृत्यु

जेष्ठ १६ पोखरा
पोखराको लेकसाइडमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

बुधबार पोखरा आएका सिङ्गापुरका ६६ वर्षीय कोशचेङ टेकको मृत्यु भएको पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।

उनका अनुसार लेकसाइडस्थित होटल ‘ह्वाइट पर्ल’मा बसेका टकलाई बिहान उनकी श्रीमती पिङ पेक इङले उठाउन खोज्दा नउठेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै अस्पतालले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*