September 23, 2021

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पोखरामा (बी टु बी ) कार्यक्रम

जेठ १६ पोखरा
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न पोखरामा टूर अपरेटरबीच पोखरा (बी टु बी ) कार्यक्रम हुने भएको छ ।

पोखरा पर्यटन परिषद् तथा पर्यटन बोर्ड पोखराको संयुक्त आयोजनामा हुने कार्यक्रममा भारत, बंगलादेश र कम्बोडिया गरी ३ मुलुकका ३० जना व्यवसायी र पोखराका करिब ४० जना व्यवसायीबीच व्यावसायिक छलफल र व्यापार आदान प्रदानमा छलफल हुने भएको छ ।

जेठ १५ देखी १७ गतेसम्म पोखरामा प्रवद्धर्नात्मक परिचयात्मक भ्रमण गर्नेछन् भने १८ गते छलफल गर्ने छन् । पोखरामा हुने व्यवसायीक छलफलले यहाँका व्यवसायीले प्रत्यक्ष फाइदा पाउने विश्वास लिएको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

सन २०१६ को तथ्याङ्क अनुसार नेपाल भित्रिएका भारतिय पर्यटकको संख्या १ लाख १८ हजार, २०१७ मा १ लाख ६० हजार, १८ मा २ लाख बढी भारतिय पर्यटक नेपाल भित्रिएको तथ्याङ्क रहेको छ भने २०१६ मा बंगलादेशबाट २३ हजार, २०१७ मा २९ हजार, २०१८ मा ३० हजार, पर्यटक नेपाल आएका थिए । यस्तै कम्बोडियाबाट नेपाल आउने पर्यटकको संख्या कम भए पनि हाल बढ्दै गएको छ ।

नेपाल आएका पर्यटक मध्य ४० प्रतिशत पोखरा आएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखराका प्रमुख मणि लामिछानेले बताए ।

पर्यटन व्यवसायी टीकाराम सापकोटा, परिषदका उपाध्यक्ष, गोपी भट्टराई, महासचिव दील गौतमले बोलेका थिए । पोखराका पर्यटनसँग सम्बन्धित संघसस्थाको सहकार्यमा पहिलो पटक हुने यो वि टु विले आगामी दिनमा थप व्यावसायिकलाइ उत्साह थपिने बुझिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*