August 4, 2021

महिला पर्यटन व्यवसायीको टोली घसवास कार्यक्रम लिएर घले गाउँ होम स्टे

फोटो मनिराज लामीछानीको फेसबुकबाट

जेष्ठ १, पोखरा
पर्यटन उद्धोगलाई प्रमुख उद्धोगका रुपमा संस्थागत विकासका लागि सरकारले चालेको नीतीगत कार्यक्रममा थप पृष्ठपोषण र सहकार्यको आवश्यकता छ । यसमा निजी तथा सार्वजनिक क्षेत्रको सक्रियता र सहकार्यले महत्व राख्छ । विदेशी मुद्रा आर्जन र रोजगारीको सिर्जनाका हिसावले पर्यटन क्षेत्रको योगदान उल्लेख्य छ । शहर देखि दुर्गमका बस्तीहरुसम्म पर्यटन र पर्यटकीय वातावरण विस्तार हुन सकेमा पर्यटन उद्धोगलाई आर्थिक सवलीकरण तथा रोजगारीको भरपर्दो व्यवसायको रुपमा विकास गर्न सकिन्छ ।

त्यस कारण पनि पर्यटकीय नगरी पोखरामा पर्यटन व्यवसाय गरी बस्ने पर्यटन महिलाहरुको समुहले पोखरा र यस वरपर रहेका प्राकृतिक, सास्कृतिक र धार्मिक सम्पदाहरुको संरक्षण, सम्बद्र्घन र प्रर्बद्घन गर्ने आन्तरीक पर्यटन भ्रमण बर्ष २०१९ तथा नेपाल भ्रमण बर्ष २०२० सफल पार्नको लागी विभिन्न पेशा र व्यवसायमा संलग्न विशेष गरी पर्यटनको क्षेत्रमा क्रियाशिल महीलाले पर्यटकसँग कसरी पर्यटकीय स्थलको वारेमा जानकारी दिन सक्छन् भन्ने उद्देश्यले (दुई दिने) पर्यटन प्रवद्र्घनात्मक घरवास कार्यक्रम लमजुङ्गको घले गाउँमा पर्यटन प्रवद्र्धन ग्रामीण घरबास कार्यक्रम लिएर ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला सहभागिता’ भन्ने मुल नाराका साथ महिला पर्यटन व्यवसायीहरुको जम्बो टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

घरवास ९होम स्टे० गर्दा त्यस क्षेत्रको वारेमा विभिन्न जानकारी हुने र पर्यटकसँग व्यावसाय गर्दा कुनै कुराको जानकारीमा कमी नहुने सवै कुरा जानकारी दिन सक्ने क्षमताको विकास हुने विशेष यो घरवास कार्यक्रम अरु कार्यक्रम भन्दा फरक रहेको कामको शिलशिलामा थकीत तथा घर व्यवहारको चटारोले व्यस्त जीवनमा केही समय मनोरञ्नात्मक गर्न पाउने हुँदा महिला पर्यटन ब्यवसायीहरु लाभाम्बित हुने बुझिन्छ ।

औपचारिक कार्यक्रममा बोल्दै पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख प्रमुख मणिराज लामीछानेले पोखराभन्दा बाहिर गरीने यस्ता खोजमुलक कार्यक्रमले पर्यटन प्रवद्धनमा ठुलो टेवा पुग्ने तथ तेस्ता पर्यटनस्थलहरुको खोजि गरी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जवी पौडेल पोखरामा रहेका सम्पूर्ण पर्यटनका संघ संस्थाहरुको प्रतिनिधत्व गरी बोलका थिए ।

महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष जमुना पराजुलीले २ दिने घरवास कार्यक्रम पोखरा हुदै लमजुङ्ग घलेगाउँ र भुजुङ्ग गाउँ प्रवद्र्धन गर्ने कार्यक्रम रहेको बताइन ।

सदस्य शारदा भुजेलको संयोजमा रहेको उक्त कार्यक्रम सचिव उमा रेग्मीले सञ्चालन गरेकी थिइन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*