October 25, 2021

ड्रोन उडाएको आरोपमा विदेशी नागरीक पक्राउ

बैशाख १७ पोखरा

पोखराको लेकसाइडमा अनुमति बिना ड्रोन उडाएको आरोपमा पर्यटक प्रहरीले एक विदेशी नागरीकलाइ पक्राउ गरेको छ । पोर्चुगलका नागरिकलाई ड्रोन उडाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पर्यटक प्रहरीले उनलाई पक्राउ गरी नागरिक उड्डयन प्राधिकरणलाइ बुझाएको प्रहरीले जनाएको छ ।

नागरिक उड्डयन प्रधिकरणले ति पर्यटकलाइ ५ हजार ६ सय पचास रुपैया जरीवाना र क्यामरामा कैद भएको फोटो तथा भिडियो डिलिट गरेर उनलाई अव अनुमति विना ड्रोन नउडाउने सर्तमा छाडेको जनाइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*