September 26, 2021

पर्यटकीय नगरी पोखरामा नेपाली झण्डा सहितको पार्क

वैशाख १६,पोखरा
‘माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ
पोखरा त साँच्चिकै नै पोखरा नै रै’छ‘’

पोखराको फेवातालमा झन्डा र माछापुच्छ्रेको प्रतिविम्बसँगै देखिने गरी बनाइने पार्कको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे ।

ड्यामसाइडस्थित पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा माछापुच्छे« प्रतिविम्ब पार्क बनाइने भएको छ । पार्क बनाउन महानगर र प्रदेश सरकारको संयुक्त लगानी हुनेछ । पार्क बनाउन ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । पार्कमा ८० फिट अग्लो राष्ट्रिय झण्डा राखिने छ । पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजारमा बिनु कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । बिनु कन्स्ट्रक्सनलाई पहिलो चरणको काम सम्पन्न गर्न आगामी असार २० गते सम्म समय सिमा तोकिएको छ । यो काम गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र पोखरा महानगर पालिकाले आधा÷आधा रकम व्योर्होने छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्क निर्माणपछि पर्यटकीय गन्तव्य पनि थपिने विश्वास व्यक्त गरे । उनले भने, ‘पर्यटकीय गन्तव्य विस्तार गर्न नै पार्क निर्माणको परिकल्पना गरेका हौं । यो पार्क एउटा महत्वपूर्ण गन्तव्य हो । तोकिएकै समयमा नै निर्माण पूरा होस् ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले ३ वटै सरकारको समन्वयमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । उनले पार्क निर्माणसँगै पोखराका अर्को पर्यटकीय गन्तव्य थपिने विश्वास व्यक्त गरे । पोखरा महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पोखराको सुन्दरतालाई जोगाउँदै पर्यटनका थप पूर्वाधार निर्माण गर्न महानगरपालिका लागि परेको बताए ।

गायक प्रेमप्रकाश मल्लले त्यही दृश्यको बयान गर्दै गाएका हुन सक्छन् त्यो आज पोखरा फेवातालमा पुरा हुदैछ । फेवातालमा पौडिरहेको माछापुच्छ्रे हिमाल आज…..

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*