October 24, 2021

ऋणमा डुबेको जेट एयरवेज अन्तिम उडान

बैशाख ५ मुम्वइ :

२५ वर्ष पुरानो भारतको चर्चित हवाई सेवा जेट एयरवेजले बुधबार राती अन्तिम उडान भर्यो । ऋणमा डुबेको जेट एयरवेजका प्रबन्धकले जेटको सेवा अस्थायी रुपमा निलम्बित गर्ने निर्णय गरेका छन् ।

त्यसपछि जेटको अन्तिम फ्लाइट 9W 3502 थियो जुन राती स्थानीय समयानुसार १० बजेर २० मिनेटमा दुई घण्टाको अन्तिम यात्रामा अमृतसरबाट मुम्बईका लागि उडेको थियो ।
एयरलाइन्स कम्पनीमाथि ८ हजार करोड भारु बढी ऋण छ र बैंकले चार सय करोडको आपतकालीन पुँजी दिन अस्विकार गरेको छ ।

त्यसपछि अब कम्पनीसँग ‘सटरडाउन’ बाहेक कुनै विकल्प नभएको काराण् जेट एयरवेज बन्द भएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*