December 9, 2021

पोखरामा लागूऔषधसहित ३ जना पक्राउ

फागुन ८ पोखरा

कास्की प्रहरीले पोखरा -१० बुद्धचोकबाट ३ सय ६० थान लागूऔषधसहित पोखरा -१० रामघाटका ३२ बर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई – २ भुवरीका २४  बर्षीय चन्द्रकान्त थारु र पोखरा ९ शिवटोल बस्ने २५ बर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेर पोखरामा  ठुलो मात्रामा लागूऔषधसहित ३ जना पक्राउ गरेको  छ ।

कास्की प्रहरीका अनुसार यहि फागुन २ गते  झोलामा लुकाएर हिडेको अबस्थामा लागूऔषध नर्फिन १ सय २० थान, फेनारागन १ सय २० थान  र डाइजापाम १ सय २० थान गरी जम्मा ३ सय ६० थान सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई लागूऔषध मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*