August 4, 2021

पर्यटकीय क्षेत्र पोखराको लेकसाइडमा १४ बर्षे बालकाको हत्या

माघ २९ पोखरा

पोखराको लेकसाइडमा एक १४ बर्षिय बालकको घाँटी रेटेर हत्या भएको छ । हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई नियन्त्रमा लिएर सोधपुछ समेत गरिरहेको थियो ।

मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि हत्या भएको बताइएको छ । पाल्पा स्थायी घर भइ लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकको चिल्लिवार रेस्टुरेन्ट अगाडि निर्माणाधीन भवनको भुइँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको उक्त निमार्णधिन अबस्थामा रहेको एक भवन भित्र मंगलबार उनको हत्या भएको हो ।

बालकका बाबु लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् आमा सुनिताले लेकसाइडको हल्लनचोकमा अनन्तरा स्पा संचालन गर्दै आएकी छन् । उनहरुले आफ्नो छोराको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । गोबिन्दका २ छोरा मध्ये सचिन कान्छा छोरो हुन् । घटनापछि बालककी आमा सुनिता मगर भावबिहल भएकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*