September 26, 2021

भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम)शुरु

माघ २३ सिलगुडी

नेपाल भारत,बंगलादेश र भुटानका पर्यटन ब्यवसायी बिच ब्यापार आदान प्रदान गर्न उद्श्यले भारतको सिलगुडीमा मंगलवार देखि बंगाल ट्राभल मार्ट(विटिएम)शुरु भएको छ ।

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ अन्तराष्ट्रिय तवरमा देशलाई समेटर पर्यटकीय विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पर्यटनका लागी अफगानिस्तानबाट पाकिस्तान हुँदै सुरु हुने विश्वको पूर्वी हिमाली श्रृङखला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने हुनाले संयुक्त रुपमा पर्यटको बिकासका लागि साझा नीति वनाउन सहमति बनेको छ । इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएसन, भारत र पोखरा पर्यटन परिषद्बीच बिगत ५ वर्ष देखी भएको सम्झौताले बंगाल ट्राभल मार्टमा पोखराको पर्यटन बारे चर्चा भएको छ ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए । नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा पर्यटन क्षेत्रको विकासमा सहकार्य हुने विश्वास व्यक्त गरेका छन् ।

उत्तरपूवी भारतका पश्चिम बंगाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरम लगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन् । नेपालमा आउने कुल विदेशी पर्यटक मध्ये सन् २०१८ मा १७।०९ प्रतिशत भारतीय पर्यटक हवाइ मार्गहुँदै आएको तथ्यांकले देखाउँछ । सन् २०१८ मा भारतबाट दुई लाख ४३८ पर्यटक हवाइ मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*