August 4, 2021

पर्यटकीय क्षेत्र मजदुर आन्दोलनले (तनावग्रस्त) पर्यटकहरु रमीता हेर्दै

माघ २० पोखरा

रेष्टुरेन्ट एण्ड बार एसोसिएन (रेवान) ले होटल तथा रेष्टुराहरुमा सेवा लिए वापत ग्राहकले तिर्दै आएको १० प्रतिशत शुल्क तिर्नु नपर्ने रेवानको निर्णयका विरुद्ध  मजदुर युनियनहरु संघर्षमा उत्रिएका छन् ।

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ , नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरा मजदुर युनियन र नेपाल पर्यटन तथा होटल संम्बद्ध श्रमिक संघ ले रेवानले एकतर्फी गैरकानुनी रुपले सेवा शुल्क खारेज सम्बन्धी भ्रमपूर्ण विज्ञप्ती प्रकाशन गरेकोप्रति तेसलाइ सच्चाउन २४ घण्टे अल्टीमेटम दिएको थियो तर रेवानले निर्णय नसच्चाई मजदुर तथा श्रमिकको हक हित तथा अधिकारलाई वेवास्ता गरेको भन्दै संघर्षमा उत्रिएको कुरा एक विज्ञप्ति जारी गर्दै संगठनहरुले जानकारी गराएका छन् ।

माघ १९ गते रेवान पोखरा र होटल रेष्टुराँ सम्बद्ध मजदुर संघ विचको वार्ता असफल भए पछि २० गते पर्यटकीय क्षेत्रको लेकसाइडको वाराहीचोक स्थित कालो ब्यानर सहित हात हातमा झण्डा लिएर सडकमा उत्रिएका मजदुर लगायत मजदुरका नेताले संयुक्त रुपमा कोणसभा आयोजना गरी रेवानको कार्यालय घेराउ गरेका छन् भने रेवानले जारी गरेको निर्णय पुर्ण रुपमा खारेज भएको भन्दै सांकेतिक रुपमा विज्ञप्ती समेत जलाएका थिए ।
सभामा मजदुर नेताहरु रुद्र गौतम, राजेन्द्र तिमिल्सिना, मनमोहन गन्दर्भले रेष्टुरेण्टहरुले २ सय प्रतिशतसम्ममा मेनुमा बढाएको मुल्यको समेत समायोजन गर्नु पर्ने मध्य रातमा जुन निर्णय भयो, यो अत्यन्तै मजदुर मारा भएको छ हामी अव १० प्रतिशतको कुरा मात्रै होईन सरकारले तोकेको न्यूनतम मापदण्ड पनि पुरा गराएर मात्रै आन्दोलनको विसर्जन गर्ने छौं । यसरी कानुनी मान्यता प्राप्त भई उठाउँदै आएको सेवाशुल्कबाट श्रमिकहरुले थप सुविधा खाइपाई आएको झण्डै १० वर्ष पुरा भैसकेको छ । श्रम ऐन २०७४ को दफा ३४(३)ले रोजगारदाता र श्रमिक बीचको सामूहिक संझौतामा उल्लेख गरिएको अवस्थामा बाहेक श्रमिकले खाइपाई आएको पारिश्रमिक तथा सुविधा घटाउन पाइने छैन अव हामी जस्तो सुकै आन्दोलन पनि गर्न तयार छौं यसरी खाइपाई आएको सेवा, सुविधा घटाउने गरी गरिने कुनै पनि कार्यको घोर प्रतिकार गर्न हामीहरु सक्षम छौं उनीहरुले वताए ।

मजदुरहरुले विगत १० वर्षदेखि खाइपाई आएको सेवा शुल्क खारेजीका विरोधमा आज सांकेतिक मात्रै पर्सीबाट हामी सबै सेवा ठप्प पार्दै सबै होटल तथा रेष्टुरेण्टका सटर र ढोकाहरुमा चापी लगाउँछौं । आफुहरुको पेटमा लात हान्ने काम भएको भन्दै उनीहरुले आक्रोश व्यक्त गरेका थिए ।

पोखराको पर्यटनमा दोश्रो सबै भन्दा वढी लगानी भएको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने रेष्टुरेण्टहरु छन् । पोखराका रेष्टुरेण्टहरुमा मात्रै झण्डै ४० अर्ब भन्दा बढी लगानी भएको भने होटलहरुमा मात्रै एक खर्ब भन्दा बढीको लगानी भएको देखिन्छ साना ठुला गरी लगभग २००को हाराहारीमा रेष्टुरेण्टहरु छन् ति होटल तथा रेष्टुरेण्टहरुमा महीला र पुरुष गरी लभग ६ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मंगलबारबाट सबै मजदुरहरुले होटल तथा रेष्टुरेण्टहरु पुर्ण रुपमा बन्द गर्ने भनेपनि सोसँग सरोकारवाला निकायहरु यसको समाधानका लागि छलफलमा व्यस्त रेहपनि अततः सहमतीको विन्दु ट¥यो मजदुरहरुका तर्फवाट भोली हामी पत्रकार सम्मेलन गछौं अब १० प्रतिशत सेवाशुल्कबाट उठेको सबै रकम मजदुरले नै पाउनु पर्ने ट्रेडयुनियनको बटमलाइ भनेर मजदुर नेता राजेन्द्र तिमिल्सिनाले पर्यटन समाचारलाइ जानकारी दिए ।

यता मजदुरको आन्दोलन चर्की रहेको बेला उता पर्यटकहरु रमीता हेरेर फोटो खिच्दै थिए भने कोही पर्यटकहरुले के भएको हो भनेर साध्ने पनि गरेको पाइयो पर्यटकीय क्षेत्रमा यस्ता गतिविधिहरुले भ्रमण वर्ष २०२० तथा आन्तरीक पर्यटन बर्ष २०१९ कसरी सफल होला सरोकार वालाले यो बुझन अत्यान्तै जरुरी देखिन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*