
माघ १८ पोखरा
रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को सोमबारको बैठकले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो।
नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन्।
माघ २० गते देशब्यापी कोणसभा गर्ने, प्रतिष्ठान स्तरमा सबै खालका विरोधका कार्यक्रमहरु संचालन गर्ने, रेबानलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने, रेष्टुरेन्ट संचालनमा रोक लगाउने कार्यक्रम श्रमिक संगठनहरुले सार्वजनिक गरेका छन्।
माघ २२ गते देखि देशब्यापी रुपमा रेस्टुरेन्टहरुमा हड्ताल गरिने विज्ञप्तमिा उल्लेख छ।
Leave a Reply