September 23, 2021

भ्रमण वर्ष २०२० सफल पार्न मलेशियन पर्यटकलाइ टानको निम्तो

माघ १२ मलेशिया

टान पश्चिमाञ्चल क्षेत्रिय सघं पोखराको आयोजना तथा नेपालपर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयको सहयोगमा TAAN Pokhara& NTB Promotional Tour & Sales mission 2019 अन्तर्गत मलेशियाको क्वालालाम्पुरमा Nepal promotion & Sales mission B2B कार्यक्रम भव्यताका साथ सम्पन्न ।

मलेशियाको क्वालालाम्पुरमा  भएको कार्यक्रममा मलेशियन एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (माटा), क्वालालाम्पुरमा रहेका ५० भन्दा ट्राभल्स एजेन्टस तथा टुर अपरेटर र पत्रकारहरु सहित मलेशिया स्थित नेपाली राजदुतावास नेपालपर्यटन वोर्ड, पोखरामा रहेका टान ं पोखराका २१ सदस्यको सहभागीता रहेको थियो ।

टान पोखराका अध्यक्ष हरी भुजेलले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्दे नेपाल आउन तथा नेपाल भ्रमण वर्ष २०२० सफल वनाउन महत्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुन आग्रह गरे

कार्यक्रममा समग्र नेपालको Destination Nepal” शिर्षकमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले प्रस्तुति गरेका थिए । उहाँले नेपालको पर्यटकीय सम्पदाहरुको बारेमा बृहत प्रस्तुतीगर्दै दुवै देश बीच अन्तर आत्मीयतका बारेमा तथा प्रकृतिमय पर्यटक, भौगोलिक विविधता, सांस्कृतिक न्यानोपनाका साथै मलेशियाका साहसिक पर्यटन तथा नेपालका उपलब्ध साहसिक पर्यटनका बीचको सम्बन्ध तथा साझेदारीका बिषयमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफनो मन्तव्य राख्दै मलेशिया स्थित नेपाली कार्यवहाक राजदुत कुमारराज खनालले नेपाल पर्यटन वर्ष सम्पन्न गर्न मलेशिया स्थित ट्राभल्स एजेन्टलाई आग्रह गर्दै नेपाल भम्रणमा पर्यटकका लागी नेपाल सरकारले गरेको सहज भिस ा प्रक्रिया सहित विविध विषयमा स्पष्ट पारे । मलेशिया एअरलाईन्सका वजार व्यवस्थापक श्रीमति बन्दना वर्जाचार्यले समेत प्रस्तुति राखेकी थिइन ।

 कार्यक्रका संयोजक टीकाराम सापकोटाले सहभागीहरुलाई धन्यवाद दिर्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सहकार्यमा  TAAN Pokhara आयोजनामा पछिल्लो समयमा पर्यटकिय गतिविधिका लागि अघि बढिरहेको मलेशियामा आयोजना भएको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहजीकरण गरिदिने सबैलाई दिएका थिए भने टान  पोखराका सचिव जिबनराज सापकोटाले कार्यक्रम संचालन गरेको थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*