September 26, 2021

दुई करोड ५० लाख ठगी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ

माघ ८ पोखरा

कास्कीमा विभिन्न व्यक्तिहरुबाट रु। दुई करोड ५० लाख ठगी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकार सम्मेलन आयोजना गरि प्रहरीले बाग्लुङ वडीगार्ड गाउँपालिका–८ घई भई पोखरा महानगरपालिका–२६ डेरा गरि बस्ने वर्ष ४२ की स्नेहा भन्ने सरिताकुमारी रानालाई करीब रु। दुई करोड ५० लाख ठगी गरेको अभियोगमा पक्राउ गरि सार्वजनिक गरेको छ ।
ठगीमा संलग्न रानालाई कास्की प्रहरीले राजधानीको दरबारमार्गबाट पक्राउ गरेको थियो । विभिन्न व्यक्तिहरुसँग न्यूनतम रु। १० लाख देखी एक करोड ७० लाखसम्म रकम सापटी मागेर फरार भएको उजूरी कार्यालयमा दर्ताभएपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख ओमबहादुर रानाले बताए । बिलासी गाडी चढेर श्रीमान् तथा आफन्त सिँगापुर, बेलायत लगायतका देशमा रहेको बताउँदै व्यक्तिहरुलाई प्रलोभनमा पारेर पैसा सापटी माग्ने गरेको  चिनजानका विभिन्न आठ जना व्यक्तिहरुबाट घर जग्गा खरिद गर्न, जग्गासँग घर साटी दिने जस्ता विभिन्न प्रलोभन देखाउँदै सो बराबरको रकम ठगी गरेको खुल्न आएको प्रहरी उपरीक्षक रानाले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*