June 16, 2021

पोखराको सडक महोत्सवमा पर्यटकको गुनासो

पौष १६ पोखरा

नेपालको पर्यटकीय राजधानीका रुपमा परिचित पोखराको लेकसाइडको लगभग चार किलोमिटर क्षेत्र भित्र पर्यटन प्रवर्द्धनका लागि भनेर पोखरा सडक महोत्सब गरिएको छ ।
महोत्सवको ५ दिन लेकसाइडका चोक चोक तथा शहीदचोक देखि खहरेचोक सम्मका ४ कि.मी. का प्रत्येक गल्ली गल्लीहरुमा डोरी टाँगेर सवारी साधनलाइ रोक्नको लागी लाठी सहीत प्रहरी तैनाथ छन् । होटल तथा रेस्टुरेन्ट ब्यबसायीले आफ्ना भाँडाकुँडाहरु सडक पेटीमै झारेर ब्यापार गर्ने गरेका पनि छन् यो सडक रोकेर गरीने महोत्सव सायद विश्वमा १ नमुनाका रुपमा लेकसाइड परिचित छ ।

यो खुल्ला आकाशको मुनी सडकपेटीमा गरीने व्यापार, व्यवसायमा छुटको व्यवस्था हुनुपर्नेमा त्यसको विपरीत ५ गुणा महँगो र मेलाको बेला स—परिवारहरु मिलेर रमाइलो हेर्दै, रमाइलो गर्र्दै खाना पनि मेलामै खाउँ भन्ने हो भने बाउको एक महीनाको तलवले परिवारलाइ एकछाक पेट भर्न पनि गाह्रो भएको देखिन्छ ।

आयोजकले “सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्दै छुट र प्याकेजको नाममा पर्यटक आकर्षण गरी चर्को मुल्य असुलेर पर्यटकलाई लुटेर पठाउने प्रवीधि कहीले सम्म ?

सडकपेटीका केही स्टलहरुमा मुल्यसुची बाहिर देखाएर राखिएको भएतापनि मुख्य रेस्टुरेन्टहरुका पेटीमा भने मूल्य सुची राखिएको छैन मुल्यसुची नराखिएकाले आफूखुसी मूल्य लिने गरेका रहेछन् केही रेष्टुरेण्टमा मुल्य सुची खोइ त भन्ने प्रश्नमा तपाई को हो यो महोत्सव हो मुल्य हेर्ने भए भित्र जाउ टेवलमा मेनु छ भनेर झन्कीए ।

यता सडक महोत्सवको मौका छोपी पोखराका होटलहरुले सधै ८०० (आठ सयं) मा बेच्ने कोठा ४००० (चार हजारमा) धरानबाट रमाइलो गर्न आउने जय नारायण मगरले भने पहिले १२०० बाह्र सयमा बेच्ने कोठा ६००० (छ हजार)मा वल्ल वल्ल पाएको गुनासो गर्दै मुल्य पाँच गुणा भन्दा बढी भएको भन्दै आक्रोस ब्यत्त गरे ।

यस बेला पोखराका होटलहरु पर्यटकले भरिएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि आन्तरिक तथा बाह्य पर्यटक पोखरा भित्रिएपछि पोखराका होटलहरु भरिभराउ भएका छन् पोखराका अधिकांश होटलहरुको अकुपेन्सी ह्वातै बढेको छ होटल खोज्दै हिंड्ने पाहुना होटल कतै कतै भित्रतिर पाइएको तर मुल्यले थेग्ने अवस्था नभएको बताउँछन्् ।

पोखरामा रहेका ठुला होटलहरु होटल पोखरा ग्राण्ड पोखराको घारीपाटनमा रहेको अर्को चर्चित सांग्रीला होटलमा तथा लेकसाइडमा रहेको होटल वाराहीमा पनि अकुपेन्सी फुल भएको छ ।

उता महोत्सबलाई स्वीकृत प्रदान गरि सहयोग गरिरहेका महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की मुल्य बृदीमा मौन देखिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले मुल्यको बिषयमा आन्तरिक राजश्व कार्यालयले हेर्ने र अन्य बिषयमा महानगरले हेर्ने भन्दै कसैले प्रमाण उजुरी गरे आफुहरुले कारबाही गर्ने बताए ।

पोखरामा रहेका ठुला होटलहरु तथा साना होटलमा अकुपेन्सी फुल भएको छ भने रेष्टुरेण्ट हरुमा पनि व्यापार निकै बढेको देखिन्छ भने व्यापारको हिसावमा कर पनि धेरै उठ्ने अनुमान गर्न सकिन्छ । यि प्रत्येक होटलमा अकुपेन्सी फुल भए सँगै तिनीहरुले तिर्नु पर्ने १३ प्रतिशत भ्याट के अनिवार्य भएको होला त ? यसको अनुगमन छ वा छैन ? यो भने सम्बन्धित निकायलाइ मात्र थाहा होला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*