December 4, 2021

ठुलो दुर्घटनाबाट जोगियो एभिया कल्वको अल्ट्रालाइट जहाज

मंसिर १४ पोखरा

 शुक्रबार बिहान उडेको एभिया क्लबको अल्ट्रालाईट जहाज ठूलो दुर्घटनाबाट हुनबाट जोगीएको छ । ।

9NALB कल न अल्ट्रालाईट पोखरा विमानस्थलबाट बिहान ८ बजेर ९ मिनेटमा उडेको थियो । उडान भरेको १८ मिनेट पछि ८ बजेर २७ मिनेट जाँदा जहाजको इन्जिन फेल भएको जानकारी चालकले दिएका थिए । त्यसपछि पोखरा फिर्ता बोलाइएकोमा १२ मिनेटमै (८ बजेर ३९ मिनेट जाँदा) अल्ट्रलाइट विमानस्थल अवतरण गरेको  पोखरा टावरलाई खबर गरेको नागरिक उड्ययन कार्यालय पोखराका प्रबन्धक योगेन्द्र कुँवरले बताए ।

अन्नपूर्ण क्षेत्रको कोर्चीगं भन्ने ठाउँमा रहेको सो अल्ट्रालाईटलाई आकाशमा उडिरहेका ४ वटा ग्राउन्डमा रहेका ४ वटा जहाजलाई होल्ड गराइँ सूरक्षित अबतरण गराईएको थियो ।

ईन्जिन फेल भईसकेपछि दुर्घटनाबाट जोगाउन निठै कठिन परिस्थीती सृजना हुने भएता पनि अल्ट्रालाईट लाई सूरक्षित अवतरण गराई ठूलो दुर्घटना हुन सक्ने परिस्थीतीलाई ब्यबस्थापन गरिएको कुँवरले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*