September 26, 2021

कास्की प्रहरीले ठूलो परिणाममा लागु औषध सहित दुइजनालाई पक्राउ

मंसिर ६ पोखरा:

कास्की प्रहरीले ठूलो परिणाममा लागु औषध सहित दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भइ हाल पोखरा ९ नयावजार बस्ने उदय कुमार गुप्ता र तनहुँ ब्यास ११ भादगाउ घर भइ हाल पोखरा ११ रानीपौवा बस्ने गीता भन्ने मनु गुरुङ रहेका छन । प्रहरीले उनीहरुले प्रयोग गरेको दुइवटा कारबाट नर्फिन ३९२ थान, डाइजापाम ४०४ थान र फेनरागन ३८१ थन र २४ वोटल फेन्सेडि ,बैकको भौचर ३ थान,आई एम ई रेमिट जम्मा गरेको भौचर थान १ कार २ वटा बिलबुक २ थान लाईसन १ नगद रु.२,४२,३३७ नेपाली, भा.रु.७,७३० र  सुन जस्तो पहेलो रङको ४ तोला ८४ लालको सिक्रीपक्राउ गरेको हो । यी हाल पक्राउमा परेका उदय कुमार गुप्ता यस भन्दा अगाडी २०७० र ७१ सालमा लागु औषध मुद्दामा पक्राउमा परी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुदां २ बर्ष कैद भुक्तान गरी रु. एक लाख रुपैया जरिबाना तिरी छुटेको हुन। गीता भन्ने मनु गुरुङ उनको प्रेमिका रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*